सम्बन्ध गाँस्दै फसाउछन् ठगहरु, भविष्य बर्बाद पारिदिन्छन्
रुपन्देही । तपाई कसैको विभिन्न प्रलोभन र विश्वासमा जागिर वा अन्य कुनै कार्य गर्ने मनसायमा हुनुहुन्छ ? कुनै तालिम पश्चात रोजगारी लगाईदिने भन्दै मोटो रकम तिरेर तालिम लिईरहनुभएको छ, वा भर्खरै परिचित आफन्त जस्तै व्यवहार गर्ने कसैसँग नजिक त बन्नु भएको छैन ? अब होसियार हुनुहोला ।
राजधानी लगायत देशका विभिन्न जिल्लामा नेटवर्किङ सञ्चालन गर्दै बसेका गिरोहहरुले पैसा त लुट्छन् नै, तपाईको भविष्यमाथि नै खेलवाड हुनसक्छ । पछिल्लो समय नेपालमा यस्ता घटना दिनप्रतिदिन बढिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै ठगहरुसँग धेरैले लुटिनु परेको छ ।
नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न वहानामा नेपालीहरुलाई भारतको शहरमा पु¥याई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नपाईने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतको लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरी छन् । लामाले गोरखपुरमा कार्यालय रहेको ड्रिम डेप्लोपर्स ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । चौधरी र लामा विरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको मागगर्दै जाहेरी दर्ता गरेका छन् । भारतकै बनारसमा रहेको विनविन ट्रेडमार्ट प्रा.लि.मा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धार्दिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर छन् ।
उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ । मगर विरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए । भारतकै खुशीनगरमा रहेको फुलटन ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिने निहुमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिकक–३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका–१२ का दावा लामा छन् ।
उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दावी गरेको डिएसपी पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए । प्रहरीका अनुसार उनीहरुले गाउँगाउँमा पुगेर सर्वसाधारण नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए ।
प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् । प्रहरीले आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट फर्काई परिवारको जिम्मा लगाएको छ ।
दिनप्रतिदिन बढेका यस्ता घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको छ । देशमा रहेको वेरोजगारी, अशिक्षा, गरिबी यसका मुख्य कारक हुन । देशमा रोजगारीको स्थिति सिर्जना नहुँदा र परिष्कृत कानुनको अभाव र सयन्त्रले यस्ता घटनाले प्रसय पाएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












