यी पाँच चरणमा पूरा गर्न सकिन्छ यौन आनन्द, डाक्टर खेम कार्कीको सल्लाह
काठमाडौं, १४ माघ । यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ ।
दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन । सम्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।
१. चाहनाः
यौन आनन्दको पहिलो चरण हो, चाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् ।
यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।
२. उत्तेजनाः
यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।
३. धारणाः
यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उचालिएकोे, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।
४. चरम आनन्दः
यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ ।
५. समापनः
चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ । सहवासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् ।
अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












