के हो सुहागरात ? पति पत्नीको पहिलो रातले तय गर्छ जीवन
काठमाडौं । धेरैजसो युवालाई सुहागरातका बारेमा थाहा हुँदैन । सुहागरातमा केटा पक्षले गर्ने जबरजस्तीका कारण केटी पक्षले सधैँ आशङ्का र त्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तै त्यस रोमान्टिक क्षणलाई सम्झनायोग्य बनाउन नसक्दा धेरैका लागि सुहागरात अर्थहीन रात बन्न पुगेको छ ।
सुहागरातमा प्रतिरोधका तीन कारण छन् । एउटा त प्रतिरोधबिनाको स्वीकृतिमा रोमान्स हुँदैन । प्रतिरोध जति सशक्त भयो रोमान्सको उचाइ पनि त्यति नै बढ्छ र अन्त्यमा प्राप्त हुने स्वीकृतिको सुन्दरता पनि त्यति नै बढ्छ । दोस्रो कारण, नारीको स्वाभाविक लज्जाबोध हो ।
कुमारी बेहुलीको प्रतिरोधको यसभन्दा पनि महत्त्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम व्यवस्थापन क्षमतामाथि केही आशङ्का र आफ्नो अप्ठ्यारोमा सुरक्षाको माग हो । यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई विश्वस्त पार्न सक्नुपर्छ ।
नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुषको धैर्य, अर्काको संवेदनशीलता प्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्छन् । विश्वासको वातावरण त्यसै पैदा हुँदैन । धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्छन् ।
त्यस कारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई नै छ । तातो तावामा रोटी छिटो पनि पाक्छ र अपच हुने डर पनि हुँदैन । यो बेग्लै कुरो हो– तावा तात्न समय लाग्छ । तर, रोटी खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आवश्यक पूर्वाधार हो ।
कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अङ्गहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन् तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो ।
नारीहरूको यस प्रतिरोधका मुख्य कारणहरूमा संगिनीसँग हुने यौन चर्चा र यौन साहित्यहरूको अध्ययनका साथै सृष्टिले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्मक कठोरताप्रति नारीको विकर्षण पनि हो । यो अर्कै कुरा हो– अन्तरमनमा यही कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षणको रहस्यमध्ये एउटा तत्त्व पनि हुन सक्छ । उसले यसको व्यवस्थापन कति सहानुभूतिपूर्वक गर्छ ?
अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ ? यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ । पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ । शरीरको घाउ त मामुली होला वा सजिलै निको होला तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्छ ।
आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्त्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने ? नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन । त्यसैले पहिलो रात पत्नीको इच्छा वा दुवैका चाहना अनुसार जाँदा जीवन नै शुन्दर बनाउन सकिन्छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











