के तपाईले यौन इच्छा दबाएर राख्नु भएको छ ? हो भने यस्तो समस्या हुन्छ
एजेन्सी । तपार्इंले यौन पाटनर हुदाँहुँदै यौन इच्छा दबाउनु भएको छ । यदि हो भने ख्याल गर्नुस् १ यौन त्रिसनाले परिवारको दूरी त बडाउँछ बडाउँछ यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या समेत देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा विभिन्न माध्यमबाट पूरा गर्नुपर्छ ।
डा. हरीनारायण गुप्ताका नुसार पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ ।
मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउँछ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हर्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।
चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ । धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन ।
यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ । अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












