विश्व क्रिकेट लिग डिभिजन २ः नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित
काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन मात्र जोड्न सक्यो । नेपालका लागी शरद भेस्वाकरले २२ र दिपेन्द्रसिंह ऐरी २० रन बनाए । त्यस्तै दिलिप नाथ १९, कप्तान पारस खड्का १७ सोमपाल कामी १७, ज्ञानेन्द्र मल्ल ७ र आरिफ सेखले ६ रन बनाए ।
१ सय ३९ रनको लक्ष्य पच्छ्याएको ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । ओमानका लागी अक्विब ईलियस सुलेर्हीले ४६ रनको योगदान दिए । त्यस्तै जतेन्दर सिंहले २४, र कवर अलिले ११ रन बनाए । बैभव श्रीधरले ३७ र सुल्तान अहेमद अविजित १६ रन बनाए ।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको खेलमा सन्दिप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र बसन्त रेग्मीले १—१ विकेट लिए । यसअघि बिहीबार भएको खेलमा नेपालले नामिबियालाई १ विकेटले पारजित गरेको थियो । नामिबिया विरुद्धको खेलमा सन्दिप एक्लैले ४ विकेट लिएर म्यान अप दि म्याच भएका थिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












