युएईमाथि नेपालको शानदार जित, आफ्नो तेस्रो खेलमा ४ विकेटले विजयी
काठमाडौं, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । युनाइटेड ग्राउण्डमा भएको आफ्नो तेस्रो खेलमा नेपालले यूएईलाई विकेटले पराजित गरेको हो । नेपाली क्रिकेटमा लामो समयदेखि देखिदै आएको ब्याट्सम्यान नचल्ने समस्या आजको खेलमा पनि देखियो ।
नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २ रन बनाएर आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए । अर्का ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा शरद भेषावकर पनि ३ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खडकाले बिष्फोटक ब्याटिङ गर्दै ४८ बलमा ५ छक्का र २ चौका हान्दै ५१ रन बनाएका थिए ।
एकातर्फबाट विकेट गइरहे पनि अर्को तर्फबाट विष्फोटक इनिङ खेल्दै अर्धशतक पूरा गरेका पारश खडकाले नेपालको जितको आधार तयार पारेका हुन । ५१ रन बनाएर आउट भएका पारस खडकापछि ब्याटिङमा आएका आरिफ शेखले १६ रन बनाएर अाउट भए । नट अाउट रहेका रोहित पौडेलले १२ रन बनाउदा साेमपाल कामीले १० रन बनाए । यसअघि युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट झारे, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिए ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












