आईसीसी डिभिजन टूः केन्यामाथि नेपालको रोमाञ्चक जित, केन्या ३ विकेटले पराजित
काठमाडौं, २९ माघ । आईसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपालले शानदार जित निकालेको छ । रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको हो ।
जितका लागि नेपालले अन्तिम ओभरसम्म निकै संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए ।
नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । नेपालका पारस खड्का ४२ रन बनाएर आउट भए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र रोहित कुमार पौडेल शुन्यमा आउट भएका थिए । यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












