डिभिजन टूः नामिबिया दोस्रो स्थानमा उक्लियो, नेपालले क्यानडालाई हराउनैपर्ने
काठमाडौं, १ फागुन । नामिबिया आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो स्थानमा उक्लिएको छ। आज भएको खेलमा केन्यालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली नामिबिया दोस्रो स्थानमा उक्लिएको हो ।
नामिबियाले १११ रनको लक्ष्य १६ ओभरमा २ विकेट पूरा गर्दै नेपाललाई रनरेटमा पछि पारेको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ।
नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएईसँग खेल्नेछ। अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ। हारले नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी छ।
नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई पराजित गर्नुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ र राम्रो रनरेट हुने टिम शीर्ष दुईमा पर्नेछ। अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन्। लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ।
अब अन्तिम खेलमा ४ खेलबाट २ अंक मात्र रहेको ओमान पाँचौ स्थानमा छ। अन्तिम खेलमा नामिबियाले युएईलाई ठूलो अन्तरमा हराउने र ओमानले पनि केन्यालाई ठूलो अन्तरले पराजित गर्न सकेन ओमान डिभिजन टू मै रहनेछ अन्यथा डिभिजन थ्री मा झर्नेछ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












