डिभिजन टुः आज नेपाल क्यानडासँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव
काठमाडौं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडासँग भिड्दैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाव छ । खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।
अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६/६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।
यदि नेपाल क्यानडासँग हार्यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६/६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएईमध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई जित्नै पर्ने हुन्छ ।
Comments
अरु समाचार
-
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...











