हस्तमैथुनको इतिहासः महिलाले पुरुषको लिंग समात्नेदेखि नदि किनारमा जानेसम्म
काठमाडौं, ३ फागुन । हस्तमैथुन यौन आनन्द लिन सबैभन्दा सजिलो र सुरक्षित तरिका हो । यौन सम्पर्क जुनसुकै बेला र जहाँसुकै गर्न नसकिने हुँदा यौन आनन्द लिन हस्तमैथुन गरिन्छ । यो महिला र पुरुष दुवैले गर्ने गर्दछन् । हस्तमैथुन मानव इतिहासँगै जोडिएको छ । यसको सुरुवात कहिले कसरी भयो भन्ने एकिन तथ्यांक नभएपनि पाषाण एवं मध्यकालीन युगदेखिनै सुरु भएको मानिन्छ ।
यसको पुष्टि गर्ने आधारमा पाषण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले पनि पुष्टि गर्छ । हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ ।
ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा पनि पुरुषले हस्तमैथुन गरेको देखाइएको छ । पाषाण युगमा पुरुषहरू तब हस्तमैथुन गर्थे, जब उनीहरू आराम गर्न जान्थे । यस्तै अवस्था महिलाको पनि छ । करिब डेढ हजार वर्ष पुरानो खजुराहोको मन्दिर वा खण्डरहरूमा हस्तमैथुनका केही क्रिया देख्न पाइन्छ । उक्त क्रियाका क्रममा केही स्थानमा महिलाले पुरुषको लिंग समातेर हस्तमैथुन गरिरहेको देखिन्छ ।
६ सय वर्ष इसापूर्वमा मिश्रको इतिहासमा हस्तमैथुनको महत्त्व दर्साइएको छ । ऐतिहासिक चित्रले देखाएको छ कि त्यतिबेला ठूलो संख्यामा पुरुषहरू कुनै खास उपलक्ष्यमा नील नदीको तटमा उभिएर हस्तमैथुन गर्थे र आफ्नो वीर्य नदीमा प्रवाह गर्थे ।
केही चित्रमा पुरुषहरू नदीको तटमा उभिएर दुई हातले मैथुन गरिरहेको देखाइएको छ । त्यति बेलाका मानिसहरूमा जब ईश्वरले हस्तमैथुन गर्छन्, तब चमत्कार हुन्छ भन्ने विश्वास थियो । मिश्रमा हजारौं वर्ष पहिले नै हस्तमैथुन शारीरिक दृष्टिले स्वास्थ्यवद्र्धक मानिन्थ्यो भने यसलाई सेक्सुअल फ्रस्टेशन मेटाउने साधनका रूपमा पनि लिइन्थ्यो । मिश्रको प्राचीन सभ्यतामा महिलाहरू पनि हस्तमैथुनलाई राम्रो मान्थे ।
रोमका प्राचीन चित्रमा देखाइएअनुसार जेल सजाय काटिरहेकाहरू हस्तमैथुन गर्थे । प्राचीन मूर्तिबाट यो कुरा जान्न सकिन्छ कि रोममा केवल देब्रे हातले मैथुन गर्ने चलन थियो । एक सभ्यता यस्तो पनि थियो, जसमा हस्तमैथुन पूर्ण रूपले वर्जित थियो । त्यो अफ्रिकी सभ्यता थियो । यतिसम्म कि त्यहाँको भाषामा हस्तमैथुन भन्ने कुनै शब्द नै छैन । यसलाई त्यहाँ अपराध मानिन्थ्यो । यसैगरी मुस्लिम समाजमा पनि हस्तमैथुन वर्जित छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











