पारसले खड्काले सतक हान्दा पनि नेपालले आईसीसी डिभिजन २ को उपाधी जोगाउन सकेन्
काठमाडौं, ३ फागुन । आईसीसी डिभिजन २ को उपाधी युएईले जितेको छ । उपाधीको लागि आज भएको खेलमा नेपाललाई पराजित गर्दै युएईले कब्जा गरेको हो । नेपाल उपविजेता बनेको छ । आज भएको फाईनल खेलमा नेपाल टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले पुरै ५० ओभरमा २ सय ७० रन मात्र बनाउन सक्यो ।
नेपालका लागी कप्तान पारस खड्काले ८ छक्का र ३ चौकाको मद्दतमा १ सय १२ रन बनाए । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ६६ बलमा ३५ रन, शरद भेश्वाकरले ३७ बलमा ३० रन बनाए । नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ले २५ बलमा २४ र दिलिप नाथले २९ बलमा १३ रन बनाए । करन केसी २ र सोमपाल कामी ६ रनमा आउट भए ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो। युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। १ सय १४ रन जोडेका उनि सन्दिप लामिछानेको बलमा क्याच आउट भए ।
राम्रो सुरुवात गरेको युएईले पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको थियो। युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।
नेपालले दोस्रो विकेटको रुपमा गुलाम सब्बारलाई १८ रनमा सन्दीप लामिछानेले उनलाई रनआउट गराएका थिए। यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












