डा.केसीले गल्ती स्वीकारे
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामाथि प्रश्न गरेका वरिष्ठ चिकित्सक तथा सामाजिक अभियन्ता गोविन्द केसीले आफ्नो जन्म मितिबारे सार्वजनिक गरेका छन् ।
डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्म मिति भेटिएको खबर सार्वजनिक भएपछि उनले जन्म मितिबारे मुख खोलेका हुन् । डा.केसीले मानवीय त्रुटिका कारण गल्ती भएकाले फरक–फरक जन्म मिति हुन गएको स्पष्ट पारेका छन् ।
केसीले फरक–फरक प्रयोजनका लागि फरक–फरक जन्म मिति पर्नुलाई मानवीय त्रुटि भनेका छन् । उनले त्यो गल्ती स्वीकारेका छन् । त्यति मात्रै होइन, उनले अब त्यो त्रुटि सम्बन्धित निकायमा गएर सच्याउने प्रतिवद्धता व्यक्त समेत गरेका छन् । वुधबार पत्रकार सम्मेल गरेर केसीले आफ्नो जन्ममितिबारे लामो फेहरिस्त सार्वजनिक गरे । केसीले सार्वजनिक गरेको वक्तव्य अनुसार, उनको नागरिकतामा डा। केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको छ । यस्तै, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।
उनले भनेका छन्, ‘जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’ डा। केसीले आफ्नो जन्ममिति मात्रै फरक परेको तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले धेरै नागरिकता लिएको र मिति सच्याएको भनि प्रश्न उठाउँदै आएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











