राष्ट्रपतिको चुनाव फागुन २९ मा
काठमाडौँ, फागुन ११ गते । राष्ट्रपतिको चुनाव फागुन २९ गते मङ्गलबार गर्ने गरी निर्वाचन आयोगले बिहीबार मिति घोषणा गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले फागुन २९ गते मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म काठमाडौंमा मतदान र सोही दिन ४ बजेपछि मतगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार, फागुन २१ गते मतदाता नामावली प्रकाशन, २३ गतेउम्मेदवारको मनोनयन पत्र दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । प्रमुख आयुक्त डा.यादवले राष्ट्रपति चुनावका लागि उच्च अदालतका न्यायाधीशनिर्वाचन अधिकृत रहने व्यवस्थाअनुसार नाम उपलब्ध गराउनन्याय परिषद्लाई आयोगले पत्राचार गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचन भएको सात दिनभित्रै उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी छिट्टै कार्यतालिका प्रकाशन गरिने जानकारी दिनुभयो ।
निर्वाचनको मिति घोषणा गर्नुअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई बिहीबार नै भेट गरी परामर्श गर्नुभएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो । आयोगले यसै विषयमा फागुन ३ गते राजनीतिक दलका प्रतिनिधिसँग परामर्श र छलफल गरेको थियो । त्यतिबेला फागुन २१ गते निर्वाचन गर्ने भनिए पनि सरकारसँग परामर्श गर्न बाँकी रहेकाले निर्वाचनको मिति हप्ता दिन पर सरेको हो ।
आयोगले मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गर्ने तर कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त नभएमा पुनः निर्वाचनको मिति घोषणा हुने जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












