यि हुन् ओली सरकारमा भाग लिने मन्त्रीहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने
भएका छन्। एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।
ती मन्त्रालयमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टुगो भएको छ। थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने ती नेताले बताए।
अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले पनि भोलि नै मन्त्री पठाउने छ।प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी भोलि सोमबारमन्त्री बन्ने भएका छन्।
त्यस्तै रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको छ।
त्रिपाठीले गत चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए भने रानाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजू देउवा राणालाई कैलाली ५ मा हराएका थिए।
नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको स्रोतले बतायो।
यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।
शुक्रबार बसको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो।
दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।
मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरू गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेको भन्दै असन्तुष्टि जनाएका छन्। यस विषयमा भोलि एमालेसँग बसेर छलफल गर्ने तयारी रहेको माओवादीका ती नेताले न्युजनेपालाई जानकारी दिए।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











