व्यापारीलाई धम्क्याएर १५ लाख माग्ने युवक पक्राउ
तनहुँ,१४ फागुन ।ब्यास नगरपालिका ४ का हार्डवेयर व्यवसायीसँग १५ लाख रुपैयाँ माग गर्दै धम्की दिने युवकलाई प्रहरीको पक्राउ गरेको छ ।
धम्कि दिने युवक रिसिङ गाउँपालिका १ झापुटारका तिलबहादुर सारु हुन् । उनले व्यवसायी भुपाललाई पटक पटक टेलिफोन गरी १५ लाख रुपैयाँ मागे । सारुले केही दिनदेखि लगातार टेलिफोन गरी रकम माग्ने गरिरहेका थिए ।
मेनरोडस्थित भुपाल हार्डवेयरका सञ्चालक आलेले रकम नदिएपछि सारुले शुक्रबार राति हार्डवेयर पसल अगाडि पार्किङ गरेको गाडीको सीसा पनि फुटाइदिए । दुई दिनभित्र १५ लाख रुपैयाँ नदिए पसल, गोदाम, घर र गाडी बम हानेर उडाइदिने धम्कीसमेत दिए ।
पटक पटक टेलिफोन गरी रकम मागेपछि आलेले प्रहरीलाई जानकारी गराए । प्रहरीले सारुलाई पक्राउ गर्नका लागि आलेलाई नै प्रयोग गर्यो ।आलेले २ लाख रकम बुझाउने भन्दै सारुलाई व्यास नगरपालिका ३ र व्यास नगरपालिका ५ शान्तिनगर जोड्ने झोलुङ्गेपुलमा बोलाए ।
आलेलाई पठाउनुअघि पाटन र शान्ति नगरमा सादा पोशाकका प्रहरीहरु परिचालन भइसकेका थिए ।फोन गर्ने व्यक्तिले भने बमोजिम नै आलेले पैसा भएको झोला पुल नजिकै राखी फर्किएपछि एक व्यक्ति उक्त स्थानमा गई पैसा भएको झोला टिपेर भाग्न खोज्दा नजिकै लुकेर बसेका प्रहरीले उनलाई पक्राउ गर्यो । पक्राउ पर्ने ब्यक्ति उनै धम्की दिने सारु थिए ।
पक्राउपछि २६ वर्षीय सारु मगरको शरीर खानतलास गर्दा प्रहरीले आलेलाई धम्क्याउन प्रयोग भएको सिमकार्ड समेत फेला पार्यो ।पक्राउ परेपछि सारुले आफूले नै आलेलाई फोन गरी रकम माग्दै धम्की दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेशराज जोशीले बताएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











