सिहंदरबारभित्र हेल्थ डेस्क राखियो
काठमाडौं,१५ फागुन । सिंहदरबारमा रहेका कर्मचारीलाका लागि स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क खोलेको छ ।
हेल्थ डेस्कको उद्घाटन मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका छन् भने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले हेल्थ डेस्कका लागि तीनवटा कोठामा उपलब्ध गराएको छ ।
सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्र आवश्यक रहेको मुख्य सचिव रेग्मीले बताए ।
उनले भने, ‘सरकारको केन्द्रीय सचिवालयसमेत रहेको सिंहदरबारमा ठूला संख्यामा जनशक्ति कार्यरत छन् । यहाँ सेवाग्राहीको आवगमन पनि धेरै हुने गरेको छ । यस्तो महत्वपूर्ण ठाउँमा मानिसहरुलाई जुनसकै बेला पनि स्वास्थ्य सम्बन्धि समस्या आइपर्न सक्छ, त्यसैले हेल्थ डेस्क सञ्चालन गरेका हौं ।’
हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिनेछ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउनेछन् । पूर्वाधारको व्यवस्था स्वास्थ्य सेवा विभागले गरेको छ ।
तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको ठाउँमा हेल्थ डेस्क सञ्चालन गरे पनि केही समयपछि सुविधा सम्पन्न फ्ल्याटमा सर्ने उनले बताए ।सिंहदरबारमा कार्यरत करिब छ हजार कर्मचारी स्वास्थ्य परीक्षणको नाममा कार्यालयबाट बाहिरिने क्रम बढेपछि सरकारले बाध्य भएर उक्त डेस्कको स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











