होलीको मौलिकता हराउँदै
बागलुङ, १७ फागुन । वसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ ।
बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन । रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ । विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन् । पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ । पर्वको छेकोमा विभिन्न संघसंस्थाले मेला, उत्सव आयोजना गरेका छन् । होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ ।
प्रेम र भाइचाराको प्रतीक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ । होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ । आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन । तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ । संस्कृतिकर्मी प्रेम छोटाको अनुभवमा होलीको असली रुप फेरिँदै गएको छ । “आधुनिकताले केही अन्तर पारेको छ, मौलिकता ओझेलमा छ” छोटाले भन्नुभयो ।
होली पर्वलाई जगेर्ना गर्ने नयाँपुस्ताको आफ्नै शैलीप्रति भने छोटा पनि सन्तुष्ट हुनुहुन्छ । पर्वमा गरिने तडकभडक र अबाञ्छित क्रियाकलापलाई रोक्नुपर्ने उहाँको सुझाव छ । होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रुपमा मनाउँदै आएको छ । “बीचमा हराएको चलनलाई यसपालि हामी जोड्दैछौँ, मौलिकता जोगाउने हाम्रो ध्येय छ” अध्यक्ष राजभण्डारीले भन्नुभयो ।
फागुमा पुजिने भगवानलाई भोक दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो । पुरानै परम्पराअनुसार यो वर्ष बागलुङ भगवती मन्दिर र गणेश मन्दिरमा भोकसहित विशेष पूजाआजा गरिने भएको छ । पूजाआजापछि बागलुङ नगरपालिका–३ नौबिसेटोलको भोटे बारीमा सामूहिक भोज हुने अध्यक्ष राभजण्डारीले बताउनुभयो ।
यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित होली मनाउने तयारीमा बागलुङका युवा छन् ।
हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ । पछिल्लो समय होली अमर्यादित बन्दा कतिपय अकल्पनीय घटनासमेत घट्ने गरेका छन् । सीमा र मर्यादाभित्र बसेर होली पर्व मनाउन स्थानीय प्रशासनले आग्रहसमेत गरेको छ ।
होलीका बेला उच्छृंगल गतिविधि हुन नदिन विशेष सुरक्षा निगरानी बढाइएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
‘सरकार बाढी प्रभावितको साथमा, नतिजा नआएसम्म काम जारी’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी...
-
आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग
काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री...
-
अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय...
-
चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने...
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...













