होलीको मौलिकता हराउँदै
बागलुङ, १७ फागुन । वसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ ।
बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन । रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ । विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन् । पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ । पर्वको छेकोमा विभिन्न संघसंस्थाले मेला, उत्सव आयोजना गरेका छन् । होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ ।
प्रेम र भाइचाराको प्रतीक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ । होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ । आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन । तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ । संस्कृतिकर्मी प्रेम छोटाको अनुभवमा होलीको असली रुप फेरिँदै गएको छ । “आधुनिकताले केही अन्तर पारेको छ, मौलिकता ओझेलमा छ” छोटाले भन्नुभयो ।
होली पर्वलाई जगेर्ना गर्ने नयाँपुस्ताको आफ्नै शैलीप्रति भने छोटा पनि सन्तुष्ट हुनुहुन्छ । पर्वमा गरिने तडकभडक र अबाञ्छित क्रियाकलापलाई रोक्नुपर्ने उहाँको सुझाव छ । होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रुपमा मनाउँदै आएको छ । “बीचमा हराएको चलनलाई यसपालि हामी जोड्दैछौँ, मौलिकता जोगाउने हाम्रो ध्येय छ” अध्यक्ष राजभण्डारीले भन्नुभयो ।
फागुमा पुजिने भगवानलाई भोक दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो । पुरानै परम्पराअनुसार यो वर्ष बागलुङ भगवती मन्दिर र गणेश मन्दिरमा भोकसहित विशेष पूजाआजा गरिने भएको छ । पूजाआजापछि बागलुङ नगरपालिका–३ नौबिसेटोलको भोटे बारीमा सामूहिक भोज हुने अध्यक्ष राभजण्डारीले बताउनुभयो ।
यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित होली मनाउने तयारीमा बागलुङका युवा छन् ।
हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ । पछिल्लो समय होली अमर्यादित बन्दा कतिपय अकल्पनीय घटनासमेत घट्ने गरेका छन् । सीमा र मर्यादाभित्र बसेर होली पर्व मनाउन स्थानीय प्रशासनले आग्रहसमेत गरेको छ ।
होलीका बेला उच्छृंगल गतिविधि हुन नदिन विशेष सुरक्षा निगरानी बढाइएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













