काठमाण्डौंको हावाले क्यान्सर भित्र्याउने , यस्तो छ कारण
काठमाण्डौंको हावाले क्यान्सर निम्त्याउने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा काठमाडौंको हावामा क्यान्सर निम्त्याउन सक्ने पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा बढी देखिएको छ । काठमाडौंको हावामा पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा संसारमै प्रदूषित नाम कहलिएका बेइजिङ र नयाँदिल्लीजस्ता शहरहरूमा भन्दा बढी पाइएको छ ।
डा. महेश्वर रूपाखेतीले क्यानाडाको डालहोइज विश्वविद्यालयबाट वायुमण्डल विज्ञानमा विद्यावारिधि गरेका छन् । अहिले जर्मनीको पोस्टड्याम विश्वविद्यालयसँग आवद्ध छन् । काठमाडौंको वायु प्रदूषणबारे थुप्रै वैज्ञानिक अनुसन्धान गरिसकेका छन् । लेखहरूका माध्यमबाट प्रदूषण नियन्त्रणका उपाय पनि सुझाएका छन् । सन् १९९७ तिर विश्व बैंकको एउटा प्रतिवेदनमा काठमाडौंमा वायु प्रदूषण बढेको उल्लेख रहेको डा। रूपाखेतीले बताए । त्यसपछि आक्कलझुक्कल स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरूले यसमा स–साना शोध गरेका थिए ।
सन् २००१–२००२ तिर सरकारले उपत्यकामा ६ वटा प्रदूषण मापन केन्द्र सञ्चालनमा ल्यायो । सन् २००८ सम्म ती केन्द्र सञ्चालनमै रहे । र, अहिले हुने अधिकांश दीर्घकालीन अध्ययनहरूमा तिनै केन्द्रबाट प्राप्त तथ्यांक प्रस्तुत गर्ने गरिएको छ । त्यतिबेलै उपत्यकाको हावाको स्तर वर्षको ५–१० दिनबाहेक स्वास्थ्यका लागि नराम्रो देखिएको थियो ।
अहिले प्रदूषण मापन केन्द्रहरूले काम गर्न छाडे पनि काठमाडौंमा वायु प्रदूषणको मात्रा भयावह बन्दै गएको हामी सजिलै देख्न सक्छौं । पहिलो, यहाँका बासिन्दाले नै प्रदूषण महशुस गर्न थाले । दोस्रो, दक्षिण एसियामै वायु प्रदूषणको समस्या ठूलो बन्न थाल्यो । त्यसैले सन् २०१२ मा मेरै नेतृत्वमा उपत्यकाको वायु प्रदूषणबारे गहन अध्ययन थालियो ।
त्यतिबेलासम्म काठमाडौंको प्रदूषणबारे अन्तर्रा्ष्ट्रिय स्तरको अध्ययन भएकै थिएन । हामीले यसलाई अभियानकै रूप दिने निर्णय लियौं । प्रदूषणको यथार्थ चित्र बाहिर ल्याउने हाम्रो उद्देश्य थियो । हाम्रो अभियान सफल नै रह्यो । सोही अभियानबाट प्राप्त तथ्यांक विश्लेषण गरेर ३० भन्दा बढी शोधपत्र तयार भइसकेका छन् ।
अभियानमा के के कुरा पत्ता लागे र ?
पहिलो, काठमाडौंमा प्रदूषणको स्तर भयावह रहेको चित्र आयो । ट्राफिक प्रहरीहरूमाथि भएको अध्ययनबाट औसतमा उपत्यकाको प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा पाँच गुणा बढी पाइयो । बालाजु र कोटेश्वरजस्ता अति व्यस्त चोकहरूमा पीएम २।५ ९आँखाले देख्न नसकिने तर श्वास प्रणालीमा सजिलै छिर्ने कण० को मात्रा त कहिलेकाहिँ विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा सय गुणासम्म बढी पाइयो । वैज्ञानिकहरूका अनुसार वायुमण्डलमा पीएम २।५ को मात्रा ४० माइक्रोग्रामले बढ्दा मानिस बिरामी पर्ने जोखिम एक दशमलव पाँच प्रतिशतले बढ्न जान्छ । अध्ययनका क्रममा काठमाडौंको हावामा क्यान्सर निम्त्याउन सक्ने पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा पनि धेरै पाइयो । यहाँको हावामा पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा संसारमै प्रदूषित भनेर चर्चा बटुलेका बेइजिङ र नयाँदिल्लीजस्ता शहरहरूमा भन्दा बढी पाइयो
जर्मनीको राजधानी बर्लिनमा सबैभन्दा बढी र काठमाडौंमा सबैभन्दा कम भनिएको दिनको तुलना गर्ने हो भने काठमाडौंकै हावा बढी प्रदूषित हुने गर्छ । अध्ययनका क्रममा काठमाडौंको हावामा क्यान्सर निम्त्याउन सक्ने पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा पनि धेरै पाइयो । यहाँको हावामा पोली एरोम्याटिक हाइड्रो कार्बनको मात्रा संसारमै प्रदूषित भनेर चर्चा बटुलेका बेइजिङ र नयाँदिल्लीजस्ता शहरहरूमा भन्दा बढी पाइयो । काठमाडौं त्यसमा पनि नगरकोट क्षेत्रमा ओजोनको मात्रा धेरै पाइयो । ओजोनले मानिसलाई मात्र नभई बालीलाई पनि असर र्पुयाउँछ ।
काठमाडौंमा हुने प्रदूषणका मुख्य स्रोतहरू के के हुन् र ?
त्यस्ता धेरै स्रोत छन् । इँटा भट्टाहरूबाट र फोहोर बाल्दा तथा खेतबारीमा पात पतिंगरमा आगो लगाइँदा निस्कने धुवाँले काठमाडौंलाई प्रदुषित बनाएका छन् । र, शहरमा हुने प्रदूषणको ६० प्रतिशत हिस्सा सवारी साधनसँग सम्बन्धित छ ।
यस्तोखालको प्रदूषणले स्वास्थ्यमा पार्ने असरबारे वैज्ञानिक धारणा के छ र?
‘दी लान्सेट’ नामक शोध पत्रिकामा हालै प्रकाशित लेखअनुसार बर्से्नि करिब ३२ हजार नेपालीको प्रदूषणसँग सम्बन्धित रोगका कारण मृत्यु हुने गरेको छ । विश्व बैंकको सन् २०१६ को प्रतिवेदनका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको चार दशमलव ६ प्रतिशत हरेक वर्ष प्रदूषणका कारण लाग्ने रोगको उपचारमा खर्च हुन्छ । सन् २०१४ मै विश्व स्वास्थ्य संगठनले यसको कुनै सुरक्षित सीमा नहुने र जुनसुकैस्तरको प्रदूषण पनि क्यान्सरको कारण बन्ने औंल्याइसकेको छ । काठमाडौं उपत्यकामा जाडो मौसममा प्रदूषणको स्तर ह्वात्तै बढ्ने गरेको देखिएको छ ।
त्यसबेला १७–१८ घण्टासम्म उपत्यकामा हावा चल्न पाउँदैन । र, त्यस अवधिमा उत्सर्जन हुने प्रदूषित हावा जमिनको सतहनजिक बसिरहन्छ । बिहानीपख त झन् तापक्रम निकै कम हुन्छ र प्रदुषित हावा जमिनबाट करिब अढाइ सय मिटरमाथि नै थिग्रिएर बस्छ । काठमाडौंमा हावा भित्रिने कमै स्थान छन् । जस्तैस् नागढुंगा, मुड्खु भञ्ज्याङ, भीमढुंगा र वागमती नदीको तीर । काठमाडौं उपत्यकाको ‘फ्लोर’ यसै पनि होचो छ । प्रदूषित हावा लामो समय वायु मण्डलमै बसिरहनुको कारण पनि त्यही हो । जाडो याममा मानिसहरू बिहान फोहोर बाल्ने गर्छन् । अनि, त्यही समयमा सडकमा सवारीसाधन पनि गुड्न थाल्छन् । दिउँसोतिर केहीबेर घाम लाग्छ र प्रदूषण केही कम हुन्छ । साँझ पर्ने्बित्तिकै चिसो बढ्छ, फेरि फोहोर बाल्ने काम शुरू हुन्छ । गाडीको चाप पनि साँझपख धेरै हुन्छ । सोही कारण उपत्यकामा साँझबिहान प्रदूषण उच्च हुन गएको हो । ‘मर्निङ वाक’मा जानेहरूले यो कुरामा ध्यान दिन जरूरी छ ।
यस्तो भयावह स्थितिमा आम नागरिकले जोखिम कम गर्न के गर्न सक्छन् र ?
आम मानिसले गर्न सक्ने दुई वटा उपाय छन् । पहिलो, फोहोर नबाल्ने । दोस्रो, आफ्नो सवारी साधनलाई सही ‘कन्डिसन’मा राख्ने । सवारी साधनको आवधिक मर्मत मात्र गरेमा ८–१० गुणा प्रदूषण घटाउन सकिने अध्ययनहरूले देखाएका छन् । यस्तै, बाहिर निस्कँदा राम्रो मास्क लगाउने । कपडाका मास्कले यस्तो खालको प्रदूषण धान्न सक्दैनन् । कपडाको मास्क लगाउँदा झन् आँखाले देख्न नसक्ने कणहरू सीधै नाक र मुखभित्र छिर्छन् । अहिले बजारमा एन–९५ र एन–९९ मास्कहरू आएका छन् । तिनले केही हदसम्म जोखिम घटाउन सहयोग गर्छन् ।
हालसम्म सरकारले प्रदूषण नियन्त्रण गर्न चालेका कदमबारे तपाईंको प्रतिक्रिया के छ र?
केही साताअघि मात्र प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरूको छलफल भएको थियो । सरकारले प्रदूषण करका रूपमा उठाएको पैसाले के गर्ने भन्ने विषयमा त्यो केन्द्रित थियो । प्रदूषण नियन्त्रण गर्न थुप्रै योजना बनेका छन् । मलाई लाग्छ, जुन स्तरको प्रदूषण हामी सामना गरिरहेका छौं । त्यसलाई नियन्त्रण गर्न कुनै ठूलो अध्ययन पर्खिराख्न जरुरी छैन । हामीले जस्तोसुकै कदम चालेर पनि यसलाई नियन्त्रण गर्न सक्छौं । प्रदूषणलाई सयबाट १० मा झार्न सजिलो छ । तर, १० बाट नौमा झार्न त्यति सजिलो नहोला । हो, त्यतिबेलाचाहीं हामीले नयाँ कानुन नै तर्जुमा गर्नुपर्छ । नेपालमा प्रचलित कानुन वायु प्रदूषणको रोकथामका लागि पर्याप्त छैन । तर, हामीले पहिले सक्नेजति काम त गर्नु र्पयो । सरकारले हालै केही सकारात्मक कदमहरू चालेको छ । तर, ती समस्याको गाम्भिर्यता सुहाउँदा छैनन् । सरकारले काठमाडौंमा तीन दर्जनभन्दा बढी प्रदूषण जाँच उपकरण भित्र्याउँदैछ । यो पनि सराहनीय छ ।
यस सन्दर्भमा विद्युतीय गाडीको प्रयोगले कत्तिको मद्दत गर्ला ?
सडक चौडा पार्दैमा प्रदूषण घटाउन नसकिने त हामीले देखिसकेका छौं । हामीलाई ठूला विद्युतीय बसहरू आवश्यक छन् । र, साइकल चलाउन सकिने सडक पनि । निश्चय पनि विद्युतीय सवारीको प्रयोगले प्रदूषण घटाउन ठूलो मद्दत गर्नेछ । अबको केही वर्षमा जर्मनी र नर्वेजस्ता मुलुकमा त विद्युतीय गाडी मात्रै गुड्नेछन् । हामी पनि विद्युतीय गाडी प्रयोगको युगमा प्रवेश गर्नैपर्छ ।
केही वर्षयता भारतबाट पनि नेपालमा प्रदुषित हावा भित्रिने गरेको पाइएको छ । यस पाटोमा के गर्न सकिएला र?
मैले सधैं भन्दै आएको छु, प्रदूषणका स्थानीय स्रोतहरूमाथि नियन्त्रण गरौं । तर, त्यति मात्रै पर्याप्त छैन । हामीले आफ्नो देशभित्र हुने प्रदूषण नियन्त्रण गर्नुपर्छ । अनि मात्र छिमेकी देशहरूसित पनि यस विषयमा छलफल अगाडि बढाउनुपर्छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











