सात वर्षपछि कृषि संकायको पठनपाठ पुनः शुरु
चितवन, २१ फागुन त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन ।
जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष भने पूर्वी चितवनको खैरहनीमा कृषि स्नातक भर्नाका लागि आवेदन माग गरेको हो । त्रिविका उपकूलपति प्रा डा तीर्थ खनियाले चितवनवासीको मागअनुसार लामो समयपछि पुनः कृषि विषय पढाउन लागिएको बताउनुभयो ।
खैरहनी माध्यामिक विद्यालयसँगै रहेका भवनमा हालका लागि पठनपाठन गरिनेछ । उपकुलपति खनियाले खैरहनी नगरपालिका– ४ चैनपुरमा क्रमशः संरचना निर्माण गर्दै लगेर क्याम्पस स्थानान्तरण गरिने बताउनुभयो । सो ठाउँ यसअघि पूर्व माओवादी लडाकुहरु राखिएको ठाउँ हो ।
रामपुरबाट कृषि क्याम्पस बाहिरिएपछि सरकारले चैनपुरमा त्रिविलाई ३५४ बिघा जग्गा र संरचना निर्माणका लागि रकम दिने निर्णय गरिसकेको छ । रामपुरमा ४० बिघा त्रिविलाई दिएर बाँकी सबै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने निर्णय भएको छ । रामपुरमा इन्जिनियरिङ विषयको पढाइ हुनेछ ।
त्रिविका कृषि संकायका डिन केशव अधिकारीले खैरहनीमा प्रयोगात्मक कक्षाका लागि नगरपालिकाले दुई बिघा जग्गा उपलब्ध गराएको बताउनुभयो । अन्य प्रयोगशालामा गर्नुपर्ने प्रयोगात्मक कक्षाका लागि भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्यूटसँग सम्झौता भइसकेको छ । यसवर्ष कृषि स्नातकमा ५० जना विद्यार्थी पढाउने उहाँले बताउनुभयो ।
वैशाखबाट पढाइ शुरु गर्ने गरी भर्ना प्रक्रिया अघि बढाइएको छ । हाल त्रिविले लमजुङको सुन्दर बजार, भैरहवाको पक्लिहवा र झापाको गौरादहमा कृषि स्नातक पढाउँदै आएको छ । पक्लिहवामा भेटेनरीको समेत पढाइ गरिँदै आएको छ भने इलाममा बिएससी एग्रीकल्चरको पढाइ हुँदै आएको छ ।
त्यसैगरी, सम्बन्धन दिएर दाङको तुलसिपुर, लमही र बैतडीमा कृषि स्नातकको पढाइ हुँदै आएको छ । हाल नेपालमा रहेका कृषि वैज्ञानिक, प्रध्यापक र कृषिका कर्मचारी अधिकांश त्रिविको उत्पादन हुन् । चितवनमा त्रिविलाई कृषि पढाउन वञ्चित गरेपछि त्रिविका उपकुलपति खनिया पुनः जिल्लामा कृषि पढाइ थाल्नु पर्ने भन्दै लागि पर्नुभएको छ । उहाँ चितवनवासी हुनुहुन्छ । (रासस)
–––
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












