कैदीबन्दीको आन्दोलन टुंगियो
धुलिखेल, २२ फागुन । नाइकेहरुलाई आवश्यक छानबिन गरी कारवाही गर्ने र जेलभित्रका व्यवस्थापकीय पक्षमा सुधार गर्ने सहमतिपछि जिल्ला कारागार काभ्रेपलाञ्चोकका कैदीबन्दीको आन्दोलन टुंगिएको छ ।
दैनिक उपभोग्य वस्तुको बढी रकम लिएको र जेलभित्रको व्यवस्थापनमा प्रशासनले ध्यान नदिएको भन्दै कैदीबन्दीले सोमबारदेखि कारागारभित्र आन्दोलन गरेका थिए । चौकिदार, मूल नाइके, नाइके र सहनाइके आफूले मात्रै सुविधा लिएको तर अरुको व्यवस्थापन र समस्यामा ध्यान नदिएको भन्दै कैदीबन्दीले सात नाइकेलाई भित्रै थुनेर राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले कैदीबन्दीले राखेका माग नाइकेलाई स्थानान्तरण र कारवाही गर्नेबारे आवश्यक छानबिन गर्ने तथा जेलभित्रको व्यवस्थापनको कामलाई तत्काल अगाडि बढाउने सहमतिपछि कैदीबन्दीले नाइकेलाई छाडेका थिए ।
“बसोबास, खाना, शौचालयलगायत कुरामा सुधार गर्ने सहमतिपछि थुनेर राखेका नाइकेलाई छुटाएका हौँ,” उहाँले भन्नुभयो । कैदीबन्दीले थुनेर राखेका नाइकेलाई छुटाएर राखेपछि प्रशासनले उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि छुट्टै राखेको छ । जिल्ला कारागार काभ्रेमा हाल २४६ जना कैदीबन्दी राखिएको छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













