कैदीबन्दीको आन्दोलन टुंगियो
धुलिखेल, २२ फागुन । नाइकेहरुलाई आवश्यक छानबिन गरी कारवाही गर्ने र जेलभित्रका व्यवस्थापकीय पक्षमा सुधार गर्ने सहमतिपछि जिल्ला कारागार काभ्रेपलाञ्चोकका कैदीबन्दीको आन्दोलन टुंगिएको छ ।
दैनिक उपभोग्य वस्तुको बढी रकम लिएको र जेलभित्रको व्यवस्थापनमा प्रशासनले ध्यान नदिएको भन्दै कैदीबन्दीले सोमबारदेखि कारागारभित्र आन्दोलन गरेका थिए । चौकिदार, मूल नाइके, नाइके र सहनाइके आफूले मात्रै सुविधा लिएको तर अरुको व्यवस्थापन र समस्यामा ध्यान नदिएको भन्दै कैदीबन्दीले सात नाइकेलाई भित्रै थुनेर राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले कैदीबन्दीले राखेका माग नाइकेलाई स्थानान्तरण र कारवाही गर्नेबारे आवश्यक छानबिन गर्ने तथा जेलभित्रको व्यवस्थापनको कामलाई तत्काल अगाडि बढाउने सहमतिपछि कैदीबन्दीले नाइकेलाई छाडेका थिए ।
“बसोबास, खाना, शौचालयलगायत कुरामा सुधार गर्ने सहमतिपछि थुनेर राखेका नाइकेलाई छुटाएका हौँ,” उहाँले भन्नुभयो । कैदीबन्दीले थुनेर राखेका नाइकेलाई छुटाएर राखेपछि प्रशासनले उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि छुट्टै राखेको छ । जिल्ला कारागार काभ्रेमा हाल २४६ जना कैदीबन्दी राखिएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













