पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने
काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि तीन तहका निर्वाचन सफल भई नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले अब नेपालले स्थिरता र विकासका पाइला चाल्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
“विश्वका कतिपय मुलुकमा भएका द्वन्द्व र हिंसात्मक घटनाले अमूल्य मानवीय जीवनलाई पीडा दिइरहेको छ, अब यस्ता हिंसात्मक घटना अन्त्य हुनुपर्छ”, राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भन्नुभयो ।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी दिनुभयो ।
दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले हिंसात्मक घटनाका कारण पाकिस्तानमा निर्दाेष सैनिक तथा गैरसैनिकले जीवनको क्षति व्यहोर्नु परेको घटना सुनाउनुभएको थियो । सार्कका संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्र्धन र सम्पर्क सञ्जाल विस्तारमा जोड दिँदै आएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँलाई शुभकामना दिने सिलसिलामा पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार यहाँ आउनुभएको हो ।
भेटका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा मदन भट्टराई, राजनीतिक सल्लाहकार सुबोध प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा पाकिस्तानका प्रधानमन्त्री अब्बासीको भ्रमण दलका सदस्य पनि सहभागी हुनुहुन्थ्यो । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












