शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित
लिबाङ, रोल्पा २२ फागुन । पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्तालागेको हो ।
गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्र्षीया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्सबाट संक्रमण भएको पत्ता लागेको थियो । श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमान्को रगत जाँच गरियो र श्रीमान् पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा सुशील आचार्यका अनुसार श्रीमान् श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पी सी आर गर्न नमूना लिइएको थियो । डा आचार्यका अनुसार बच्चाको पी सी आर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो । सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ ।
विवाह लगत्तै गर्भवती भएकी नवजात शिशुकी आमाले आफू एचआइभी एड्सबाट संक्रमित भएकोबारे केही थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो – “गर्भ रहेपछि असह्य पीडा हुने गरी गुप्तांग चिलाउँथ्यो । घाउ खटिरा पनि देखिन थालेको थियो । त्यसबेला उपचार नगरेर धामी झाँक्रीमा विश्वास गरें । धामी झाँक्रीले खानेपानीको मूलमा देउराली लागेर यस्तो बनाएको भनेपछि त्यसमै विश्वास गरेर धेरै पैसा खर्च गरें जसका कारण आज यति ठूलो धोका खानुप¥यो ।”
अठार वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित बुढामगरले एक वर्ष पहिले गाउँकै ३८ वर्र्षीया युवतीसँग मागी विवाह गर्नुभएको थियो । उहाँले विवाह पूर्व वैदेशिक रोजगारीका क्रममा आफ्नो ४ जनासँग असुरक्षित यौन सम्पर्क भएको राससलाई बताउनुभयो । श्रीमान्ले असुरक्षित यौन सम्पर्क राखेका कारण श्रीमती र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । हाल यो जोडी निकै सन्तापमा छ ।
श्रीमान्ले गरेको गल्तीको शिकार आफू र भर्खरै जन्मिएकी छोरी बन्नुपर्दा नवजात शिशुकी आमा निकै भावविह्वल बन्नुभएको छ । उहाँले भन्नुभयो – “एचआइभी एड्स भनेको सुनेकै थिइनँ तर, आज आफूले यस्तो भोग्नु प¥यो । यस्तो जानेको भए विवाह नै गर्ने थिइनँ । बेलामा बुद्धि नपु¥याउँदा जिन्दगी बरबाद भयो । गाउँलेले पनि हेलाँको दृष्टिले हेर्न थालेका छन् । समाजमा मुख देखाएर बाँच्न गाह्रो हुने भयो । अब विवाह गर्ने जोडीलाई पहिले रगत जाँच गरेर मात्र विवाह गर्न सल्लाह दिन्छु ।”
आर्थिक संकट सुल्झाउन भन्दै हिजै सोमबार रोजगारीका लागि श्रीमान् काठमाडौँ गएपछि श्रीमतीमा थप आशंका तथा निराशा थपिएको छ ।
आफूहरुलाई भन्दा पनि छोरीको भविष्यको चिन्ताले दुबैलाई पिरोल्न थालेको छ । अभाव र गरिबीमा पिल्सिँदै आएको यो परिवारको भविष्य अन्यौलमा रहेको आफन्तजनले बताएका छन् ।
यी थप तीन जनासहित हाल यस जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ । जिल्लामा यस बाहेक अन्य केही परिवार पनि श्रीमान्का कारण संक्रमित भएको बताइन्छ । जिल्लामा २६ जना महिला र २६ जना पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश श्रीमान्कै कारण संक्रमित बनेका हुन् । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













