‘बुट्टेनली’ सिक्दै बहिरा विद्यार्थी
बागलुङ, २३ फागुन । बहिरा विद्यार्थीलाई सीपयुक्त बनाउन यहाँ ‘बुट्टेनली हस्तकला तालीम’ शुरु भएको छ ।
उद्योग वाणिज्य संघ बागलुङले सञ्चालन गरेको तालीममा धौलागिरि आवासीय बहिरा माविका २१ विद्यार्थी सहभागी छन् । बागलुङको पहिचानका रुपमा चिनिने बुट्टेनली बनाउने सीप विकासका लागि तालीम सञ्चालन गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । तालीममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पुल्चोक, ललितपुरको समेत सहयोग रहेको छ ।
तालीमको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले लोप हुने अवस्थामा पुगेको बुट्टेनलीको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
“हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको बुट्टेनली नयाँ पुस्तामा हस्तान्तरण हुन्छ” उहाँले भन्नुभयो । जिल्लामा बुट्टेनली पछिल्लो समय संरक्षण अभावले संकटमा छ । निगालोमा आकर्षक कला कुँदेर बुट्टेनली बनाउने गरिन्छ । तालीमका प्रशिक्षक वसन्तजंग राजभण्डारी सानो बाँसको नलीमा विभिन्न कला कँुदिने र त्यसलाई विशेष प्रकारले सजावट गरेपछि बुट्टेनली तयार हुने बताउनुहुन्छ ।
बुट्टेनलीमा राष्ट्रिय विभूति, सन्त, महात्मा, कवि, कलाकार, देवी, देवता आदिका मुहार चित्र कुँद्ने चलन छ । दिनमा एउटा बुट्टेनली तयार गर्न सकिन्छ । बुट्टेनली बनाउँदा कच्चा पदार्थका रुपमा निगालो, चक्कु, रेती, विभिन्न प्रकारका रङ, तेल, बेसार, खरानीलगायत सामग्री प्रयोग गर्ने गरिन्छ । एउटा बुट्टेनलीको मूल्य रु दुई हजार ५०० सम्म पर्छ ।
बागलुङ घुम्न आउने पर्यटकले बुट्टेनली चिनोका रुपमा लैजाने गरेका छन् । बुट्टेनली बनाउने कला मर्न नदिन केही वर्षअघि जिल्ला कारागारका बन्दीलाई समेत तालीम दिइएको थियो । अहिले बन्दीले बुट्टेनली बनाएर बेच्ने गरेका छन् ।
बहिरा विद्यार्थीका लागि सञ्चालन गरिएको उक्त तालीम तीन महिनासम्म चल्नेछ । तालीमले बहिरा विद्यार्थीको सीपमूलक दक्षता वृद्धि गर्ने विश्वास लिइएको विद्यालयका प्रधानाध्यापक मधुसुदन न्यूरेले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













