‘बुट्टेनली’ सिक्दै बहिरा विद्यार्थी
बागलुङ, २३ फागुन । बहिरा विद्यार्थीलाई सीपयुक्त बनाउन यहाँ ‘बुट्टेनली हस्तकला तालीम’ शुरु भएको छ ।
उद्योग वाणिज्य संघ बागलुङले सञ्चालन गरेको तालीममा धौलागिरि आवासीय बहिरा माविका २१ विद्यार्थी सहभागी छन् । बागलुङको पहिचानका रुपमा चिनिने बुट्टेनली बनाउने सीप विकासका लागि तालीम सञ्चालन गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । तालीममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पुल्चोक, ललितपुरको समेत सहयोग रहेको छ ।
तालीमको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले लोप हुने अवस्थामा पुगेको बुट्टेनलीको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
“हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको बुट्टेनली नयाँ पुस्तामा हस्तान्तरण हुन्छ” उहाँले भन्नुभयो । जिल्लामा बुट्टेनली पछिल्लो समय संरक्षण अभावले संकटमा छ । निगालोमा आकर्षक कला कुँदेर बुट्टेनली बनाउने गरिन्छ । तालीमका प्रशिक्षक वसन्तजंग राजभण्डारी सानो बाँसको नलीमा विभिन्न कला कँुदिने र त्यसलाई विशेष प्रकारले सजावट गरेपछि बुट्टेनली तयार हुने बताउनुहुन्छ ।
बुट्टेनलीमा राष्ट्रिय विभूति, सन्त, महात्मा, कवि, कलाकार, देवी, देवता आदिका मुहार चित्र कुँद्ने चलन छ । दिनमा एउटा बुट्टेनली तयार गर्न सकिन्छ । बुट्टेनली बनाउँदा कच्चा पदार्थका रुपमा निगालो, चक्कु, रेती, विभिन्न प्रकारका रङ, तेल, बेसार, खरानीलगायत सामग्री प्रयोग गर्ने गरिन्छ । एउटा बुट्टेनलीको मूल्य रु दुई हजार ५०० सम्म पर्छ ।
बागलुङ घुम्न आउने पर्यटकले बुट्टेनली चिनोका रुपमा लैजाने गरेका छन् । बुट्टेनली बनाउने कला मर्न नदिन केही वर्षअघि जिल्ला कारागारका बन्दीलाई समेत तालीम दिइएको थियो । अहिले बन्दीले बुट्टेनली बनाएर बेच्ने गरेका छन् ।
बहिरा विद्यार्थीका लागि सञ्चालन गरिएको उक्त तालीम तीन महिनासम्म चल्नेछ । तालीमले बहिरा विद्यार्थीको सीपमूलक दक्षता वृद्धि गर्ने विश्वास लिइएको विद्यालयका प्रधानाध्यापक मधुसुदन न्यूरेले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












