खानीको अन्वेषण गर्न भूउपग्रह
काठमाडौँ, २३ फागुन । छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ ।
केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ । विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स स्टेशन स्थापना गर्न छलफल भइरहेको जानकारी दिनुभयो ।
उक्त स्टेशन स्थापना गर्न सकिएमा नियन्त्रण विन्दु, भूकम्पमापन र खानीको अन्वेषण गर्न ठूलो सहयोग पुग्ने बताइएको छ । स्रोत साधनको व्यवस्था भयो भने भूउपग्रह छिट्टै राख्ने विभागको योजना छ । विभागका सूचना अधिकारी अनिल मरासिनीले विसं २०१४मा स्थापित विभागले भूव्यस्थापन तथा जनसरोकारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गर्नुभयो ।
विभागले प्रमुख रुपमा सगरमाथाको मापन र सीमासम्बन्धी काम गर्दै आएको छ । विभागले जग्गा किनबेच गर्ने व्यक्ति तथा संस्थाको जग्गा नापजाँच तथा नाप नक्शा गर्ने काम दैनिक गर्दैआएको छ ।
त्यस्तै टोपोग्राफिकल नापीअन्तर्गत विभिन्न नक्शा, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग र कुनको उचाइ कति भन्ने मापन हुँदैआएको छ । विभागले भौगोलिक पूर्वाधारको काम जस्तै बाटोघाटो, नहर, खोलानालासम्बन्धी सूचना संकलन, प्रशोधन, वितरण तथा भण्डारण गर्ने काम पनि गर्दै आएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













