डाक्टर नहुँदा शव परीक्षण हुन सकेन
जाजरकोट, २४ फागुन । यहाँको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ ।
स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो ।
दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले बताउनुभयो । बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ ।
दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताउनुभयो । नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको ज्योतिको भनाइ छ ।
बुधबार बेलुका माछा मारेर फर्कने क्रममा जाजरकोटको बारेकोट गाउँपालिका–८ का ४३ वर्षीय गोमे बुढाको पनि मृत्यु भएको छ । माछा लिएर घर फर्कने क्रममा गोलखारास्थित बाटोबाट लडेर नलगाड नदीमा परेपछि बुढाको मृत्यु भएको हो । साँघुरो बाटो भएकाले बुढाको लडेर मृत्यु भएको सक्लाका लोकेन्द्र गौतमले जानकारी दिनुभयो ।
अस्पतालमा विद्युत् नहुँदा समस्या
एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित विद्युत्को लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












