महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो
चितवन, २४ फागुन । महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ ।
महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ । गत आर्थिक वर्षमा २३ वटा घटना प्रहरीमा दर्ता भएकामा चालु आवको माघ सम्ममा २३ वटा घटना नै दर्ता भइसकेका छन् ।
गत आवमा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकामा चालु आवकोे हालसम्म त्यस्ता ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार भएको भनी चिकित्सकले प्रमाणित गरेका मुद्दालाई जबर्जस्ती करणीअन्तर्गत र बलात्कार गर्ने मनसायले गरेका विभिन्न गतिविधिलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गत आवमा बलात्कारका घटनामा संलग्न ३३ पुरुष र दुई महिलालाई पक्राउ गरी कारबाही गरिएको थियो । जबर्जस्ती करणी उद्योगमा २४ जनालाई पक्राउ गरिएको थियो । चालु आवको हालसम्म जबर्जस्ती करणी मुद्दाका २६ र उद्योगका आठ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
“पीडितमा न्याय माग्नुपर्छ भन्ने भावनाको विकास भएको छ,” उहाँले भन्नुभयो । विगतमा बलात्कारका घटनामा डर, धम्की र प्रलोभनमा पारेर स्थानीय तहमा नै मिलाउने गरेको भए पनि अहिले कानुनी निकायसम्म जानुपर्छ भन्ने भावनाको विकास भएको तथ्यांकले देखाउँछ ।
महिलामाथि हुने हिंसाका घटनाबाहिर आउने क्रम पनि बढेको छ । गत आवमा घरेलु हिंसाका २५० निवेदन दर्ता भएकामा चालु आवको माघ सम्ममा १७९ वटा निवेदन दर्ता भएको छ । प्रहरीले गत आवमा २०० वटा घरेलु हिंसाको मिलापत्र गराएको थियो भने चालु आवको माघ सम्ममा १४५ वटा मिलापत्र गराएको जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













