पूर्वी पृतनामा भूपूको परेड
इटहरी, २५ फागुन । निकै उत्साह र फूर्तिकासाथ आज नेपाली सेनाको पूर्वी पृतनामा भूपू सैनिकले बहालमै रेहेको झ–झल्को दिने गरी कवाज (परेड) प्रस्तुत गरेका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा इटहरीको मैदानमा आयोजना गरिएको भूपू सैनिक सम्मेलनका क्रममा १०१ भूपू सैनिकले फूिर्तका साथ कवाज प्रस्तुत गरेका थिए । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेना सबैको आस्था र भरोसाको केन्द्र्र रहेको बताउँदै भूपू सैनिकको फूर्तिलो मार्चपासले हामीलाई झनै उत्साहित तुल्याएको छ, भन्नुभयो ।
सो अवसरमा नेपाली शिरुपाते खुकुरी नाच प्रस्ततु गरियो । नेपाली सेनाले वैकल्पिक हतियारका रुपमा शिरुपाते खुकुरी प्रयोग गर्दैआएको छ । सम्मेलनमा पूर्वी क्षेत्रका तीन हजारको संख्यामा भूपू सेना सामेल छन् ।
उमेरका हिसाबले झण्डै एक शताब्दी पार गर्न लागेका भूपू सैनिकसमेत सम्मेलनका क्रममा फूर्तिका साथ परेड र मार्चपासमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूमध्ये एक हुनुहुन्थ्यो, झापा चारआलीका ९२ वर्षीय देवीबहादुर खड्का् ।
उहाँ २००० सालमा नेपाली सेनामा प्रवेश गरी २०३२ सालमा सेवा निवृत्त हुनुभएको थियो । यस वर्षको भूपू सैकिकको नारा ‘अनुशासित, शान्त, मर्यादित र सशक्त भूपू सैनिक संगठन’ रहेको छ । विसं २०३२ मा विश्व शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकबाट आर्जन भएको रकमबाट कल्याणकारी कोेष स्थापना भएकोमा हाल उक्त कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार मौज्दात रहेको छ ।
उक्त कोषको प्राप्त ब्याजबाट बहालवाला तथा भूपू सैनिकका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सम्मेलनका क्रममा भूपू सैनिकका ज्येष्ठ सदस्य खड्कालाई सम्मान गरिनुका साथै फरक क्षमता भएका १५ जनालाई ह्वील चेयर तथा नगद रु पाँच हजार प्रदान गरियो । साथै १५ जनालाई लघुवित्त कार्यक्रम सञ्चालन गर्न चेक हस्तान्तरण गर्नुका साथै सर्वोत्कृष्ट उद्यमीलाई पुरस्कृत समेत गरियो ।
कल्याणकारी बोर्डको संयोजनमा भएको सम्मेलनमा भाग लिन आएका भूपू सैनिक आफ्ना पुराना पल्टनियासँग भेटघाटको मौका जुटेकामा अत्यन्त हर्षित देखिन्थे । सम्मेलनमा अनुमान गरिएभन्दा निकै बढी अर्थात् तीन हजार ५५० भूपू सहभागी हुन आएको नेपाली सेनाले जनाएको छ । सम्मेलनको मूलसमारोहमा थारु, धिमाल, शेर्पा, च्यामरुङ, साकेला, सन्थाललगायत जातिको झाँकी प्रस्तुत गरिएको थियो ।
सो अवसरमा विभिन्न सैन्यकला कौशलसमेत प्रदर्शन गरिएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुने भूपू सैनिक सम्मेलन मुलुकमा सिर्जना भएको द्वन्द्वको कारण विगतमा १५ वर्षसम्म रोकिएकामा २०७० साल माघ २६ गतेबाट पुनः शुरु भएको थियो । इटहरीमा भएको सम्मेलनमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा बसोवास गरिआएका भूपू र तिनका आश्रित परिवार एवं एकल महिला सहभागी छन् ।
मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनामा भर्ना भई देशको सुरक्षा र विश्वशान्तिका लागि जीवनको महत्वपूर्ण समय खर्चिएका भूपूको संख्या ६९ हजारको हाराहारीमा रहेको छ । तीमध्ये पूर्वी पृतनाअन्तर्गतका जिल्लामा भूपूको संख्या १० हजार २२३ रहेकामा पाँच हजार ४८६ जनाको सम्मेलनमा उपस्थिति रहेको पूर्वी पृतनाका पृतनापति गौरव तण्डुलले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागीबाट कल्याणकारी कोषबाट प्रदान गरिने सेवा प्रवाहलाई कसरी चुस्त तुल्याएर भूपूको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ भन्नेबारेमा राय सुझाव लिनुका साथै नेपाली सेनाको समग्र योगदानको बारेमा जानकारी लिइएको थियो । सम्मेलनका क्रममा स्थानीय तहमै परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण र कानूनी परामर्श उपलब्ध गराउनुभएका साथै भूपूलाई बाटो खर्च तथा कम्बल वितरण गरिएको थियो ।
लघुवित्त व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहुलियत व्याजदरमा ऋण, शारीरिक रुपमा अस्वस्थ्यलाई ह्विल चियर उपलब्ध गराइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत २१ हजार भन्दाबढी भूपू र बहालवाला सैनिकका परिवारलाई सहुलियत चार दशमदव ५ प्रतिशत ब्याजदरमा रु तीन अर्बभन्दा बढी लगानी गरिसकेको छ ।
बंैकले उपलब्ध गराएको कर्जाबाट भूपूले लघु उद्योग तथा व्यापार सञ्चालन गरेर छोटै अवधिमा सकारात्मक नजिता दिन सफल भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले घर भत्केर अप्ठेरोमा परेका भूपू र बहालवाला सैनिकलाई घर बनाउन रु ७५ करोड ६१ लाख लगानी गरिसकेको छ । सुविधा प्राप्त गर्ने भूपू सैनिकको संख्या ६९ हजार रहेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै बलाधिकृत रथी पूर्णचन्द्र थापा र भूपू सैनिकको अगुवाका अभिभावकका तर्फबाट अवकाशप्राप्त रथि दिलीप कार्कीले कल्याणकारी कोषबाट भूपूका लागि प्रदान गरिँदै आएको सेवा सुविधालाई समयानकूल बनाउँदै लैजाने बताउनुभयो । रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












