भारतीय सीमा क्षेत्रका जनता विकास कार्यक्रमबाट लाभान्वित
विराटनगर, २८ फागुन । मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ ।
मोरङ जिल्लाअन्तर्गत पर्ने विराटनगर महानगरपालिकासहित रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा जहदा र धनपाल गाउँपालिकाका भारतीय सीमा क्षेत्र विकास कार्यकम सञ्चालनमा आएको हो ।
दुुई वर्षदेखि सञ्चालनमा आएको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत गतवर्ष रु तीन करोड ५० लाख रकम विनियोजित भएको थियो ।
उक्त रकमबाट सडक, पुुल पुुलेसा निर्माणदेखि किसानका लागि बोरिङ, साना सिँचाइ योजनासमेत सञ्चालनमा आएका छन् ।
विकास निर्माणका पूर्वाधारदेखि स्थानीयवासीको आयआर्जन, सीप विकासमा बजेट खर्च भएको कार्यक्रमका इन्जिनियर कञ्चन भट्टराईले बताउनुुभयो ।
भारतीय क्षेत्रभन्दा नेपालको क्षेत्रका बासिन्दा मानव विकास सूचकांकमा पछि परेको तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको पाइएकाले नेपाल सरकारले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा २.५ किलोमिटर कालोपत्र सडक, कल्भर्ट, कृषि बजारका लागि भवन निर्माण, १३ जना किसानलाई निःशुल्क पम्पसेट वितरण तथा डिप बोरिङ, २२ जना किसानलाई हाते ट्र्याक्टरसमेत वितरण गरेको छ ।
विराटनगर महानगरपालिकाका सीमा क्षेत्रसँग जोडिएका विभिन्न वडामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले सीमा जोडिएका महानगरपालिकाका वडामा विकास निर्माणको कामलाई अगाडि बढाउनका साथै सो क्षेत्रका बासिन्दाको आर्थिक, सामाजिक विकासलाई लक्षित गरेर सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
यसैगरी चालू आर्थिक वर्षका कार्यक्रमअन्तर्गत रु तीन करोड ३० लाख रकम छुुट्याएर सोहीअनुुसारको विकास निर्माण तथा क्षमता विकासका काम भइरहेको बताउनुभयो ।
स्थानीय तह सञ्चालनमा आएसँगै सीमा क्षेत्र विकास कार्यक्रम पनि स्थानीय निकायबाटै सञ्चालनमा आउन थालेका छन् ।
पहिले जिल्ला विकास समितिबाट हुुने काम अहिले बजेट विनियोजित गर्ने, कहाँ कुुन काम गर्ने विषय स्थानीय निकायबाटै हुुने गरेको इन्जिनियर भट्टराईको भनाइ छ ।
सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरेर ल्याएको यो कार्यक्रम विकास निर्माणमा सहयोग पुुगेको स्थानीयवासीको भनाइ छ । कार्यक्रमलाई प्रभावकारी बनाउन थप बजेट विनियोजित गरेर कार्यक्रम विस्तार गर्नुु पर्ने आवश्यकता रहेको छ ।
मोरङसहित सीमा जोडिएका, झापा सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, चितवन र कञ्चनपुर जिल्लामा यसै वर्ष सो कार्यक्रम सञ्चालनमा आएका छन् ।
बीसवटा जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि चालू आवका लागि रु एक अर्ब २१ हजार निकासा भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।(रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











