बंगला विमान दुर्घटना, उद्धार गरिएका यात्रुलाई अस्पताल पुर्याइदैं
काठमाडौँ, २८ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् ।
धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












