जयबागेश्वरी पुनःनिर्माणको सम्झौता खारेज
काठमाडौँ, २८ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका लागि दातासँग गरिएको सम्झौता पशुपति क्षेत्र विकास कोषले खारेज गरेको छ ।
भूकम्पको ३५ महिना बित्दा पनि सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण शुरु गर्न नसकेपछि कोष कार्य सम्पादन समितिको बैठकले सम्झौता खारेज गरेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
“बैठकले दाताले दिन्छु भनेको सहयोग पनि नलिने निर्णय गरेको छ, स्थानीयवासीले पनि पुनःनिर्माण गर्न पाऊँ भनी अनुरोध गरेका छन्, अब जयबागेश्वरी पुनःनिर्माणको जिम्मेवारी कसैलाई नदिई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोग लिई कोष आफैँले गर्छ”–उहाँले भन्नुभयो ।
मन्दिर पुनःनिर्माणको जिम्मेवारी लिनुभएका दाता कल्याण शर्माले बनाउन सक्दिन सम्झौता रद्द हुनुपर्छ भनी निवेदन दिनुभएको थियो । उहाँले रु ५० लाख भने कोषलाई दिने निवेदनमा उल्लेख गर्नुभएको थियो । सम्झौता खारेजीको विषय प्राधिकरणलाई जानकारी गराइसकिएको कोषले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले एक महिना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक शर्मालाई सैद्धान्तिक स्वीकृति दिएको थियो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













