राष्ट्रपति चुनावको मतगणना जारी, आजै मतपरिणाम सार्वजनिक हुने

काठमाण्डौ २९ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
निर्वाचन आयोगले संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५३६ गरि कूल ८ सय ६२ जनाले मतदान गरेको जनाएको छ।
आयोगले साँझसम्म मतपरिणाम समेत आउने जानकारी दिएको छ। आयोगका अनुसार ८ सय ८० मतदाता मध्ये १८ जना मतदानमा अनुपस्थित भएका थ्एि।
अनुपस्थित हुनेमा ५ जना संघीय संसदका र १३ जना प्रदेश सभाका हुन्। संघीय संसदका बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव र जितेन्द्रनारायण देव मतदानमा सहभागि भएनन्। सुवालको पार्टी नेमकिपाले मतदान बहिष्कार गरेको हो। त्यस्तै विवेकशिल साझा पार्टीले पनि राष्ट्रपति निर्वाचन बहिष्कार गरेको थियो। उसका प्रदेश सभामा ३ सांसद छन्। भट्टराई विदेशमा छन् भने चौधरी जेलमा छन्। रमेश यादव भने संघीय संसदको बैठकमा समेत अनुपस्थित रहँदै आएका छन्।
राष्ट्रपति पदकालागि एमालेबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिमा निर्वाचित हुने उम्मेद्वारले कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनुपर्छ।
कुनैपनि उम्मेद्वारेले ५१ प्रतिशत मत नआएको अवस्थामा पुनस् राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ। आयोगले राष्ट्रपतिको मतपरिणाम घोषणा भए लगत्तै उपराष्ट्रपति चयनकालागि निर्वाचनको तयारी गरिरहेको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












