छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र
लिबाङ, रोल्पा, ३० फागुन । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो ।
सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै उहाँको पहिलो सन्तानको जन्म भएको हो । सुन्तलीको कोखबाट २÷३ वर्षको जन्मान्तरमा नौ बहिनी छोरी र तीन भाइ छोरा जन्मिए पनि उहाँको काखमा आठ बहिनी छोरी मात्र जीवित छन् ।
एक छोरी र तीन भाइ छोरा भने जीवित रहेनन् जसका कारण सुन्तलीले रातदिन यातना सहनुप¥यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उहाँका श्रीमान्ले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खानलाउन नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहनुभयो । तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो । उहाँका अनुसार छोराहरु जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमान्ले सौता हालेका थिए ।
दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमान्ले दोस्रो विवाह गरेपनि उहाँका श्रीमान्को सपना पूरा हुन सकेन । दोस्रो श्रीमतीबाट पनि दुई बहिनी छोरीहरुको जन्म भयो । कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमान्को छोरा जन्माउने सपना सपनामै सीमित रह्यो । कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आउनुभएको छ । जेठीबाट आठ बहिनी र कान्छीबाट दुई बहिनी गरी सुनारका १० बहिनी छोरी जीवितै छन् ।
सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमान््ले जे गरे पनि हुने मान्यता कायमै रहेको हँुदा सुनारले दोस्रो बिहे गर्नुभएको थियो र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै आउनु भएको छ ।
“मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,” उहाँले भन्नुभयो । हिजोआज यो दम्पती निकै चिन्तित छ । बाचुञ्जेल पाल्न र मर्ने बेलामा चितासम्म पु¥याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पतीलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ । सबै छोरी विवाह गरेर घरघर गइसकेका छन् । उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहनुभएको छ ।
सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उहाँमा झन् निराशा थपिने गर्छ । बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा अपुताली पर्नेभो भनेको सुन्दा सुनार दम्पतीलाई असह्य पीडा हुने गर्छ । “यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमान्बाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि,” उहाँले गुनासो गर्नुभयो ।
धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करीब ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको रासससँग बताए । थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन् । उहाँ पुनः गर्भवती हुनुभएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको छ ।
यस्तै, चिकित्सकले यही फागुन १९ गते सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्ला बाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया युवतीले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताउनुभयो ।
उहाँका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार बहिनी छोरी छन् । तर पनि उहाँ आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चाहनुहुन्छ । “छोराछोरी बराबर भन्छन् तर बराबर हुनै सक्दैन, छोरा भनेको छोरा नै हो त्यसैले छोरा जन्माउन चाहन्छु, तर हेरौँ भाग्य कस्तो छ ? भाग्यमानी छु कि अभागी”, उहाँले भन्नुभयो ।
यस्तै कारणले गर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकिराखेको छैन । समानताका कुरा नारा र भाषणमा मात्र सीमित बनेका छन् । छोरा नपाए सौता हाल्ने, श्रीमतीलाई कुटपिट गर्ने, खानलाउन नदिने तथा घर निकाला गर्ने परम्परा अझै पनि देख्न र सुन्न पाइन्छ जसका कारण हिंसामुक्त हुन महिला पनि छोरा नै जन्माउन चाहन्छन् ।
ठूलो संख्याका महिला पछिल्ला दिनमा न्याय खोज्न भन्दै सरोकारवाला निकायमा पुग्ने गरेका छन् । त्यसैले छोरा होस् वा छोरी दुवै जन्मनुमा महिला र पुरुष दुवैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा सबैलाई बुझाउनु जरुरी देखिन्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












