बिहेको एक सातामै बेहुली बेपत्ता

धनकुटा ३० फागुन। विवाह गरेर अघिल्लो साता उदयपुरको गाईघाट पुगेकी धनकुटाकी एक युवती बेपत्ता भएकी छिन् । हराएको एक सातासम्म खोजी गर्दा पनि उनी नभेटिएको आफन्तहरुको भनाइ छ ।
धनकुटाको चौबीसे घर भएकी रीता पाण्डे हराएकी हुन् । अघिल्लो सातामात्रै उनको विवाह भएको थियो । बिहेपछि गाईघाटमा रहेकी उनी एक्कासी घरबाट हराएको आफंन्त दूर्गा कार्कीले जानकारी दिनु भयो ।
युवती हराउनुअघि को व्यक्तिसँग उनको टेलिफोन सम्पर्क भएको थियो भन्ने पत्ता लगाएर खोजी गरिदिन आग्रह गर्दा स्थानीय प्रहरीले अदालतमा गएपछिमात्रै त्यसरी फोन ट्यापिङ गर्न मिल्ने भन्दै सहयोग नगरेको परिवारका सदस्यहरुको गुनासो छ ।
सीता अर्की एकजना महिलासँग झापा पुगेका थिए । त्यहाँ होटलमा काम खोज्दै रीता र अर्की एउटी युवती आइपुगेको भन्दै सुर्खेत घर बताउने लव नेपालीले पारिवारका सदस्यलाई फोन गरेका थिए । उनले रीतालाई धरानमा ल्याएर परिवारलाई जिम्मा लगाउने बताएका थिए ।
तर, भोलिपल्ट रीता काठमाडौं भागेको ती व्यक्तिले परिवारलाई जानकारी गराएका छन् । परिवारका सदस्यहरुले भने रीतालाई कसैले बिक्री गर्न भारततिर लगेको हो कि भन्ने आशंकामा माइती नेपाल र सीमा प्रहरीको ध्यानाकर्षण गराउन लागेको बताउनु भयो ।
उता रीतालाई आफूले झापामा भेटेको दाबी गर्ने लव नेपालीले भने ‘मेरो पर्ससमेत लिएर दुबैजना काठमाडौंतिर भागेछन्, मैले कलंकीमा केटाहरु खडा गरेको छु, र म पछि झापाबाट काठमाडौं जाने बस चढिसकेको छु, तिनीहरु पक्कै पनि काठमाडौंमा भेटिन्छन् ।’
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












