झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला :पशुले पनि खान अयोग्य
सुरुङ्गा, झापा, २ चैत बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनुगमनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
रेडमग र गाउँलेमा किरा भेटियो
बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले यहाँका नाम चलेका होटल हुन् । यी होटलमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमा किरा भेटिएको थियो ।
गाउँले होटलमा बुधबार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा बिहीबार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री बिक्री बितरण गरिरहेको पाइएको थियो । रेडमगमा बिक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताउनुभयो ।
यसैबीच, रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ । उहाँले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताउनुभयो ।
सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ । रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएको थियो । अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने खाद्य निरीक्षक अर्यालको भनाइ छ । उहाँले बिर्तामोडमा सञ्चालित होटलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री गर्दा रहेछन् हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाइमा ध्यान दिन भनेका छौँ भन्नुभयो ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल नसुध्रिए, अर्को पटकको अनुगमनमा आउँदा अहिलेकै अवस्थामा पाइए होटल नै बन्द गर्छौं– अर्यालले भन्नुभयो ।
सबैभन्दा उत्कृष्टले (अतिउत्तम) थ्री स्टार पाउँछ भने उत्कृष्टले (उत्तम) टु स्टार, सन्तोषजनकले वान स्टारका हरियो रंगको स्टिकर पाउने र सामान्यले पहेँलो स्टिकर पाउने गरेको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो– बिर्तामोडका अधिकांश होटल स्वास्थ्यका हिसाबले अयोग्य रहेको पाइए ।
जनप्रतिनिधि भन्छन्– पशुले पनि खान अयोग्य
बुधबार र बिहीबार गरिएको अनुगमनमा सहभागी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले होटलमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको भन्दै त्यस्ता अखाद्य वस्तु बिक्री गर्ने होटल तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले स्थानीय निकायमा अधिकार नभएकाले आफूहरुले तत्काल केही गर्न नसक्ने बताउँदै सम्बन्धित निकायले त्यस्ता होटल तत्काल बन्द गर्नुपर्ने बताए ।
अनुगमनमा सहभागी बिर्तामोड नगर कार्यपालिकाका सदस्य भावना आचार्य घिमिरेले रेडमग होटल तत्कालका लागि बन्द गर्दै सरसफाइ गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो ।
यता बिर्तामोड नगरपालिका–५ का सदस्य सुरेन राजवंशीले पशुले पनि खान अयोग्य वस्तु बिर्तामोडका होटलले खुलेआम बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको बताउनुभएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका–१ की सदस्य यमुना आचार्यले रेडमगले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरेको बताउनुभएको छ ।
यता होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिरा श्रेष्ठले भने होटल व्यवसायीको बचावट गर्नुभएको छ । उहाँले होटल व्यवसायीलाई तत्काल कारबाही गरिहाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिन्छन् भन्नुभयो ।
कुन होटल कस्ता
बिर्तामोडमा सञ्चालित दुईवटा होटलले मात्रै अति उत्तमको लोगो पाएका छन् । खाद्य स्वच्छतासम्बन्धी ५० वटा मापदण्डअन्तर्गत ९० अंकमाथि ल्याउन सफल बिर्तामोडको ह्याङ आउट क्याफे र मिटिङ पोइन्ट होटलले मात्रै थ्री स्टारअर्थात् अति उत्तमको स्टिकर पाएका छन् । यी होटल सरसफाइलगायत अन्य दृष्टिकोणले उत्कृष्ट रहेको पाइएको थियो ।
त्यस्तै, दुईवटा होटलले उत्तम अर्थात् टु स्टारको लोगो पाएका छन् । होटल होलिडे होम र बिनायकले टुु स्टारको लोगो पाएका हुन् । २१ वटा होटलमा गरिएको अनुगमनका क्रममा चारवटा होटल मात्रै योग्य देखिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक ढुंगानाले बताउनुभयो ।
त्यस्तै, बिर्तामोडका छवटा होटल सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो । उनीहरुले वान स्टारको लोगो पाएका छन् । वान स्टार लोगो पाउनेमा संगम स्वीट्स, श्याम मिष्ठान्न भण्डार, क्वालिटी स्वीटस् एण्ड फास्टफुड, होटल हिकोला हेरिटेज, होटल डेनियल र ओसियन होटल रहेका छन् ।
अनुगमन टोलीले अनुगमन गरेका ११ वटा होटलमा पहेंको स्टिकर टाँसेको छ । यस्ता होटल खाद्यान्न तथा सरसफाइका दृष्टिकोणले कमजोर रहेको बताइएको छ जसमा होटल रेडमग, गाउँले, खाजाघर, नटराज मिष्ठान्न भण्डार, फेमेली होटल, आशीर्वाद फ्रेण्ड्स क्याफे, ममता मिष्ठान्न भण्डार, आँगन स्वीटस्, मुनटावर, दाजुभाइ होटल, पाथीभरा स्वीटस् र तिरुपती होटालमा पहेँलो लोगो टाँस गरिएको छ । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












