बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

काठमाडौ, ४ चैत । भालेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी आरोपमा १८ बर्षीय युवती राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ।
‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’
बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन्। अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् ।
पीडित राधालाई गाउँमा सम्मान
बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको छ ।
स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् ।
बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएरु समर्थन जनाएका थिए ।
राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मान भए पनि उनी हतास मुद्रामा देखिएकी थिइन ।
उनले गाउँमा सहज वातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । बैशाखमा आइरहेको परीक्षा विग्रने उनको चिन्ता छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












