बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

काठमाडौ, ४ चैत । भालेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी आरोपमा १८ बर्षीय युवती राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ।
‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’
बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन्। अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् ।
पीडित राधालाई गाउँमा सम्मान
बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको छ ।
स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् ।
बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएरु समर्थन जनाएका थिए ।
राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मान भए पनि उनी हतास मुद्रामा देखिएकी थिइन ।
उनले गाउँमा सहज वातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । बैशाखमा आइरहेको परीक्षा विग्रने उनको चिन्ता छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












