भाडामा बस्नेको गुनासो घरधनीले सुने
बेनी, म्याग्दी, ४ चैत । घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।
चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधँै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा टोलमा भाडामा बस्न आउनेलाई स्वागत तथा छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ । वीरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिकरुपमै कार्यक्रम गरी भाडामा बस्नेको गुनासो सुन्ने गर्छ । घरधनी र भाडावालाको सम्बन्ध बलियो बनाउन भाडामा बस्न आउनेलाई सम्मानसहित स्वागत र घर छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ ।
जिल्लाकै प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको वीरेन्द्रचोकवासीले घरधनी र भाडावालाबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ भन्दै शनिबार एक कार्यक्रम गरी भब्य स्वागत तथा बिदाइ गरेका छन् । टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक रुपादेवी खत्री, समितिका उपाध्यक्ष पूर्णबहादुर कार्कीलगायतले फूलमाला लगाएर स्वागत तथा बिदाइ गरेका थिए ।
कार्यक्रममा मयुर रेक्छोना कस्मेटिक गिफ्ट हाउसका एलिना कार्की, दिदीबहिनी टेलरिङका हिमा र उमकला थापा, अर्जुन सपिङ सेन्टरका अर्जुन र करण कुँवर र पेन्ट व्यवसायी रन्जितकुमार यादवलाई स्वागत गरिएको थियो भने रोजगारको सिलसिलामा दक्षिण कोरिया जान लागेका दिनेश कटुवाल क्षेत्री र बेनीबजारकै न्यूरोडमा व्यवसाय स्थानान्तरण गरेका दिनेश कुँवरलाई बिदाइ गरिएको थियो ।
बेनी नगरपालिकाभित्रका टोल सुधार समितिमा नमूना मानिएको वीरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायतका जिल्लामा आउने र सरुवा भएर जाने टोलभित्रका सरकारी कार्यालयका प्रमुखलाई समेत सम्मान गर्दै आइरहेको छ ।
सार्वजनिक खानेपानीको सुविधा, दैनिक सरसफाइ, एकघर एक डस्टबिन, तीव्रगतिमा गुड्ने सवारी साधनबाट दुर्घटनाको सम्भावना रहेकाले ट्राफिक कार्यालयसँग सहकार्य गरी गति नियन्त्रण बोर्ड, चोकमा सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाइका साथै विभिन्न कार्यमा आर्थिक संकलन गर्ने गरेको छ ।
टोल सुधार समितिको कोषमा रु तीन लाख बचत रहेको छ । जिल्लाकै सफा र सुन्दर टोल बनाउने अभियानमा एक घरले एक डष्टबिन सहयोग गर्नुका साथै हरेक महिना सडक बत्तीको बिलसमेत भुक्तान गर्ने गरिएको छ ।
टोलबासीबीचको सहकार्यले अन्य टोललाई समेत सिक्ने अवसर मिलेको समितिकी कोषाध्यक्ष पुष्पा पुनले बताउनुभयो । वीरेन्द्रचोकलाई बेनी नगरपालिकाले नमूना टोलका रुपमा सम्मानसमेत गरेको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













