भाडामा बस्नेको गुनासो घरधनीले सुने
बेनी, म्याग्दी, ४ चैत । घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।
चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधँै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा टोलमा भाडामा बस्न आउनेलाई स्वागत तथा छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ । वीरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिकरुपमै कार्यक्रम गरी भाडामा बस्नेको गुनासो सुन्ने गर्छ । घरधनी र भाडावालाको सम्बन्ध बलियो बनाउन भाडामा बस्न आउनेलाई सम्मानसहित स्वागत र घर छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ ।
जिल्लाकै प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको वीरेन्द्रचोकवासीले घरधनी र भाडावालाबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ भन्दै शनिबार एक कार्यक्रम गरी भब्य स्वागत तथा बिदाइ गरेका छन् । टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक रुपादेवी खत्री, समितिका उपाध्यक्ष पूर्णबहादुर कार्कीलगायतले फूलमाला लगाएर स्वागत तथा बिदाइ गरेका थिए ।
कार्यक्रममा मयुर रेक्छोना कस्मेटिक गिफ्ट हाउसका एलिना कार्की, दिदीबहिनी टेलरिङका हिमा र उमकला थापा, अर्जुन सपिङ सेन्टरका अर्जुन र करण कुँवर र पेन्ट व्यवसायी रन्जितकुमार यादवलाई स्वागत गरिएको थियो भने रोजगारको सिलसिलामा दक्षिण कोरिया जान लागेका दिनेश कटुवाल क्षेत्री र बेनीबजारकै न्यूरोडमा व्यवसाय स्थानान्तरण गरेका दिनेश कुँवरलाई बिदाइ गरिएको थियो ।
बेनी नगरपालिकाभित्रका टोल सुधार समितिमा नमूना मानिएको वीरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायतका जिल्लामा आउने र सरुवा भएर जाने टोलभित्रका सरकारी कार्यालयका प्रमुखलाई समेत सम्मान गर्दै आइरहेको छ ।
सार्वजनिक खानेपानीको सुविधा, दैनिक सरसफाइ, एकघर एक डस्टबिन, तीव्रगतिमा गुड्ने सवारी साधनबाट दुर्घटनाको सम्भावना रहेकाले ट्राफिक कार्यालयसँग सहकार्य गरी गति नियन्त्रण बोर्ड, चोकमा सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाइका साथै विभिन्न कार्यमा आर्थिक संकलन गर्ने गरेको छ ।
टोल सुधार समितिको कोषमा रु तीन लाख बचत रहेको छ । जिल्लाकै सफा र सुन्दर टोल बनाउने अभियानमा एक घरले एक डष्टबिन सहयोग गर्नुका साथै हरेक महिना सडक बत्तीको बिलसमेत भुक्तान गर्ने गरिएको छ ।
टोलबासीबीचको सहकार्यले अन्य टोललाई समेत सिक्ने अवसर मिलेको समितिकी कोषाध्यक्ष पुष्पा पुनले बताउनुभयो । वीरेन्द्रचोकलाई बेनी नगरपालिकाले नमूना टोलका रुपमा सम्मानसमेत गरेको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













