गलत काम गर्ने जोसुकैलाई पनि छोड्डिन ः श्रममन्त्री विष्ट

काठमाडौं ४ चैत। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।
आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताएका हुन ।
‘सक्रिय म्यानपावरमध्ये आधाभन्दा बढी एमाले नेताले नै चलाएका छन्, तपाईंले यो अवस्थामा कसरी सुधारको काम गर्नुहोला ’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री विष्टले बेठीक गर्ने जो भए पनि नछोड्ने बताए ।
उनले भने ‘तपाईंहरु यति कुरा महसुस गर्नुस्, इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस्,तर, बेठीक गर्नेलाई छुट दिने छैन । म एक ठाउँमा पनि तपाईंहरुले प्रश्न उठाउने गरी काम गर्ने छैन ।’
विष्टले ‘देशभित्र रोजगार सिर्जना गर्ने गरी सरकारले काम गर्ने भन्दै सुरुवातमा समस्यामा परेको वैदेशिक रोजगार क्षेत्रबाट सुधारको प्रयास थालिएको बताउनु भयो ।
विष्टले भने प्रस्तावित नयाँ वैदेशिक रोजागर ऐन मैले हेर्न पाएको छैन । जे जति तयार तथा लागू भएका र प्रस्तावित ऐन कानुन, नीति नियम र योजना छन् । त्यसको अध्ययन गरेर आवश्यक निर्णय लिन्छु ।’
उनले वैदेशिक रोजगार ऐनलाई देश र कामदारको हित अनुकुलको बनाउन ब्यापक छलफल गरिने समेत बताउनु भयो । अहिले म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा छन् । लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन । अब मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












