पत्रकार र महिला विकास संस्था सम्मानित

पोखरा, ४ चैत । स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौरस्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ ।
पत्रकार दर्नाललाई रु पाँच हजार नगदसहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मानपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो भने सीप विकास संस्थालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्य न्यायाधीश चुडालले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै राजनीतिक आस्थाका आधारमा पत्रकारिता गर्दा सत्यतथ्य कुरा बाहिर नआउने विचार राख्नुभयो ।
प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले स्वतन्त्र पत्रकार संघको महिला पत्रकार सम्मान तथा महिला संस्था सम्मान कार्यक्रम प्रशंसायोग्य भएको बताउँदै प्रदेश तहमा निर्माण गरिने कानूनलाई महिलामैत्री बनाउन पहल गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ स्वाभिमानी पत्रकारको संस्था भएको दाबी गर्दै स्वतन्त्र पत्रकारले पत्रकारिता गर्दा आफ्नो दलीय आस्था प्रकट नगर्ने जिकिर गर्नुभयो । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











