निर्वाचन आयोग– सरसफाइ अभियानमा

काठमाडौँ ५ चैत । निर्वाचनको कामको चाप घटेसँगै निर्वाचन आयोगले कार्यालय कोठा, आयोग तथा आयोग परिसरको सरसफाइलाई अभियानकैरुपमा सञ्चालन गरेको छ ।
कार्यालय र अफिस कोठा सफा राख्नुपर्छ भन्ने नीतिअनुरुप झ््याल, ¥याक, कुनाकाप्चा र दराजमाथि थुप्रिएर रहेको कागजपत्र र अरु थोत्रा सामाग्रीसहित दुई ट्रकभन्दा बढी फोहर हटाइएको सचिव बेगेन्द्र शर्मा पौड्यालले जानकारी दिनुभयो ।
वर्षांैदेखि थन्किएर बसेका काम नलाग्ने फोहरका रुपमा रहेका सामान हटाउने सरसफाइ अभियानमा जुट्न आयोगले पाँच दिनअघि नै कर्मचारीलाई परिपत्र गरेको थियो ।
सचिव पौड्यालको नेतृत्वमा भएको उक्त अभियानमा कर्मचारीले दिनभरी नै फोहरका रुपमा टुटेफुटेका सामग्री बोराका बोरा संकलन गरेका थिए ।
“कहिल्यै सफाइमा ध्यान नदिने उच्च तहका कर्मचारी पनि सचिवको निर्देशनमा हातमा कुचो लिएर बढारिरहेको तथा हातमा टालो लिएर दराज र ¥याक पुछिरहेको देखिन्थ्यो । कार्यालय सफा राख्ने हाम्रो अभियान हो, दुर्गन्धित शौचालय टाढैबाट थाहा पाइने सरकारी कार्यालयको रोग हो, सबै इमान्दार र जिम्मेवार भएर सबैखाले फोहर र धुलोको निराकरण गर्न आवश्यक रहेको छ”, सचिव पौड्यालले भन्नुभयो ।
दिनभर सरसफाइमा जुट्नु परेका कारण कतिपय कर्मचारी निकै थकित देखिन्थे । निर्वाचन वर्षका रुपमा उपराष्ट्रपतिको निर्वाचसँगै आयोगले आइतबार यस वर्षको निर्वाचनको मैजारो गरेको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












