मैले पिटेको होइन, पुलिसले मलाई कुट्यो ः पिडित शुभम बम

काठमाडौं ७ चैत। ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परेका छन् । उनी नेपाल प्रहरीका प्रदेश ४ प्रमुख एआईजी कमल सिंह बमका छोरा पनि हुन् ।
एआईजीका छोरा मुछिएको यो घटना सुरुमा प्रहरीले गुपचुप राखेको थियो तर, मंगलबार बाहिर आयो ।
तर, प्रहरीले गलत सूचना दिएको भन्दै बम परिवारले आपत्ति जनाएको छ । उनीहरुका अनुसार शुभमले प्रहरीमाथि कुटपिट होइन, प्रहरीले चाहिँ शुभमलाई कुटेका हुन् ।
उनका अनुसार उक्त दिन उनी साथीहरुसँग ठमेल गएका थिए । मदिरा पनि पिएकै हुन् । तर, ट्याक्सी चालकसँग भाडाबारे विवाद हुँदा प्रहरीले नियन्त्रणमा मात्र लिएन, अनुहारमा बुटले हानेको उनले बताए ।
देब्रे आँखामुनि निलो दाग र ट्रम सेन्टरमा उपचार गराएको रिपोर्ट देखाउँदै उनले भने, ‘भाडा बढी भनेपछि भएको सामान्य डिस्कसमा प्रहरीले कुटपिट गर्यो ।’
बमकी आमा महिमाले भने मदिरा पिएको अवस्थामा पक्राउ गरेकोमा कुनै आपत्ति नभएको बताइन् । तर, विना कारण कुटपिट गर्न नपाइने उनले बताइन् । ‘यदि मदिरा दिएको भनेर पक्राउ गरेको मात्र थियो भने म प्रहरीलाई धन्यवाद दिन्थेँ र छोरालाई दुई झापड हान्थेँ’ उनले भनिन्, ‘तर, हिरासतमा लिएको बाबुलाई अनुहारमा चोट लाग्ने गरी पिट्न त पाइँदैन नि ।’
ठमेल घट्नाबारे शुभमको बयान
बैंग्लोरको कलेज पढेको साथीहरु आएका थिए, त्यसैले शुक्रबार राति ९र१० बजेतिर हामी ठमेल गएका थियौं । हामी ९ जना थियौं । ठमेलमा हामीले खायौं । १२ बजेतिर घर जाउँ भन्दा एउटा साथी भेट भयो । उसले गाडी छ मेरो गाडीमा जाउँ भन्यो । तर, ९ जना त अट्दैन भनेर म ट्याक्सी खोज्न गएँ ।
सञ्चयकोष अगाडि भेटिएको ट्याक्सीले हजारर१५ सय भन्यो । आउँदा ४ सयमा आएको । जाँदा १४र१५ सय भनेपछि रिस उठ्यो । डिस्कस भइरहेको थियो ट्याक्सी चालकले पुलिसलाई भन्यो कि यसले जाँड खाएर मलाई किचकिच गरिरहेको छ, यिनीहरुलाई लिएर जानुस् ।
मैले पुलिसलाई भने यति धेरै पैसा लिँदैछ, हाम्रो पनि कुरा सुन्न पर्यो नि । तर, मलाई उल्टै ‘ए तँ रक्सी खाएर वादविवाद गर्छस्’ भन्यो । यसलाई गाडीमा हाल भन्दै धकेल्यो साथीहरु पछाडि थिए । सामर्थ्य र प्रज्ञानले हामीले झगडा गरेको छैन भन्दा यिनीहरुलाई गाडीमा हाल भन्यो ।
साथीको भोलिपल्ट ब्रतबन्ध थियो । त्यसैले मैले गाडीबाट निस्किएर भनेँ, दाई हामीहरु पनि आर्मी पुलिसको फेमेलीको मान्छेहरु हो । हामीलाई यस्तो नगरिदिनुस् । कुरा सुन्दिनुस् मात्रै भनेको थिए इन्स्पेक्टरले ‘यो धाक लगाउने केटा रे’छ । यसलाई पिटी हाल भन्यो । र, ४र५ जनाले गाडीमै पिटे । मैले एआईजीको छोरा हुँ भनेको छैन र प्रहरीले दाबी गरे जस्तो उनीहरुमाथि हातपात गरेको पनि होइन ।
एक जना पुलिसले बुटले अनुहारमा हान्यो, मेरो नाक भाँचियो । देब्रे कान अलिअलि सुन्न छाडेको छु । त्यसपछि साथीसहित मलाई गाडीमा हालेर प्रहरी चौकी लिएर गयो ।
त्यसबेला राति करिव सवा १ बजेको थियो होला । परिवारसँग सम्पर्क गर्नु पर्यो भनेर फोन नम्बर निकालेँ तर, यसको फोन छिन भनेर भन्यो । मैले बुबालाई फोन गरिसकेको थिएँ तर कुरा हुन पाएन । मैले फोन दिन नमानेपछि उनीहरुले मलाई प्रहरी चौकीमै पनि कुटपिट गरे ।
मेरो नाकबाट रगत आयो र मलाई हस्पिटल लगियो । त्यहीँ इस्पेक्टरले हस्पिटल लगेको हो तर, लग्यो केही गरेन । मैले एक्सरे गर्नुपर्छ भन्दा तिमीहरुसँग पैसा छैन भनेर फर्काएर लग्यो । कुन हस्पिटल भन्दा ओम भनेका थिए तर, मलाई ट्रमा सेन्टरमा लगेको रहेछ, जुन कुरा मैले भोलिपल्ट मात्र थाहा पाएँ ।
अस्पतालबाट फर्काएपछि मलाई जेलमा हाल्यो । दुई जना साथीलाई बाहिर राख्यो । त्यसपछि राति २ बजेतिर साथी स्वरुप तिमल्सिना आएछन् र उनले मलाई कुटपिट गरेको थाहा पाएपछि एआईजीको छोरा हो भनेका रहेछन् ।
त्यसपछि प्रहरीको टोन नै चेन्ज भयो । बम हो को हो भन्दै बोलायो र तिम्रो बुबा त यस्तो रहेछ भन्यो । मैले हो, सर बुबा एआईजी हुनुहुन्छ भनेँ । त्यसपछि तिमीलाई गाडीमा हाल्दा मुख ठोक्किएको रहेछ, अब के गर्छौं भन्यो । साथीहरुलाई पठाइदिन लागेको तिमी पनि सँगै जाउ भनेर भन्यो ।
मैले जब सम्म गार्जेन आमाबुबा कोही आउनु हुन्न तबसम्म म यहाँबाट निस्किँदै निस्किन्न भनेपछि फेरि जेलमा राख्यो । छुटेका साथीहरु घर पुगेर घटना बताएपछि बिहानको साढे ३ मा ममी आउनुभयो । विहान ४ बजेतिर छुटेँ । यो घटनाबारे प्रहरीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ र छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











