प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, ७ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार हुनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।
“अबको दशक नवनिर्माणको दशक हो, अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको छ, प्राप्त अधिकारलाई संस्थागत गर्दै नवनिर्माणको यात्रामा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्दछु”–राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो ।
नकारात्मक मात्रै समाचार सम्प्रेषण नगर्न आमसञ्चार माध्यमलाई आग्रह गर्दै राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा गर्नुपर्ने सुधारका लागि लिखित सुझाव दिन सम्बन्धित संघ÷संस्थालाई आग्रह गर्नुभयो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराई पत्रकारिताको गुणात्मक विकासमा नयाँ सरकारले कदम चाल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको पेशागत सुरक्षा र नियुयिक्तपत्रसँगै सञ्चारमा गरिएको लगानी पारदर्शी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले साना लगानीका सञ्चार माध्यमलाई बचाई राख्न समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













