सूचनाको पहुँच स्थापित गर्न मोबाइल एप्स
ताप्लेजुङ, ९ चैत । फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।
मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम रहेको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिनुभयो ।
यसैबीच हालै सम्पन्न नगरपालिकाको दोस्रो नगरसभाले १० वर्षभित्र नगरलाई पूर्णरुपमा बालमैत्री बनाउने, अस्पताल वा बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलालाई जनही रु ५०० उपलब्ध गराउने, ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक प्रतिव्यक्ति रु एक हजार प्रोत्साहन भत्ता दिने, प्रत्येक वर्ष एक पत्रकारलाई रु पाँच हजार राशिको नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेसमेत निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
त्यस्तै फागुन मसान्तसम्ममा चालूतर्फ ६० र पूँजीगत खर्चतर्फ ३८ प्रतिशत मात्र वित्तीय प्रगति गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले फागुन मसान्तसम्म रु ३५ लाख ९८ हजार राजश्वसमेत असुल गरेको छ । रासस
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...













