दलित समुदायका महिला आयमूलक व्यवसायमा
भीमदत्तनगर, ९ चैत । महाकाली नगरपालिका–७ बिसौरेटोलीकी बाटुलीदेवी दमाई कुनै समय धेरै मान्छे भेला भएको ठाउँमा परिचय दिनै गाह्रो मान्नुहुन्थ्यो । बोल्ने बानीको विकास नहुँदा समाजमा पछि परेको उहाँले महसुस गर्नुभयो । उहाँमा दशकयता भने निकै परिवर्तन आएको छ ।
विसं २०६२ मा टोलमा शुभकामना सामुदायिक संस्था गठन भयो । तेइसजना समूह सदस्य रहेको उक्त सामुदायिक संस्थामा १७ दलित महिला आबद्ध छन् । तीमध्येकी एक हुन् बाटुलीदेवी । गृहिणी जीवन बिताइरहनुभएकी उहाँले पछिल्लो समय समाजमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुभएको छ ।
“शुरुमा त भेलामा बोल्नै डर लाग्थ्यो,” बाटुलीदेवीले भन्नुभयो, “समूह गठन हुँदा हाम्रो सामाजिक र आर्थिक विकासमा टेवा पुगेको छ ।”
समुदायमा रहेका विपन्न समुदायको आर्थिक अवस्था उकास्न आयमूलक व्यवसायमा अनुदान दिन
गरिबी निवारण कोषले नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए०मार्फत समूह गठन गरेको थियो । मासिक रु पाँच बचतदेखि आयमूलक व्यवसायमा ऋण लगानी गरी आर्थिक अवस्था सुधार गर्न दलित समुदायले गठन गरेको समितिले अहिले रु छ लाखभन्दा बढीको कारोबार गरिरहेको शुभकामना समूहका अध्यक्ष माया नेपाली बताउनुहुन्छ ।
“दलित महिला समाजमा धेरै पछाडी परेको देख्दा निकै दुःख लाग्थ्यो,” अध्यक्ष नेपालीले भन्नुभयो, “आज दलित महिला घरको खर्च धान्न सक्ने व्यवसाय गर्न सकिरहेका छन् ।”
शुरुवात्मा समूहबाट सिलाइकटाइका लागि रु २० हजार ऋण लिएकी बाटुलीदेवीले एक दशककै अन्तरालमा गाउँमा पक्की घर निर्माण गर्नुभएको छ । “सिलाइकटाइको ऋण तिरेपछि भैँसीपालनका लागि रु २५ हजार ऋण लिए,” उहाँले भन्नुभयो, “लगानी गरेको ठाउँबाट पर्याप्त आम्दानी हुँदा घरदेखि गोबरग्यासम्म जडान गरिरहेकी छु ।”
त्यसैगरी समूहकै अध्यक्ष माया नेपालीले स्थापनाकालमा खुद्रा व्यापारका लागि रु १९ हजार ऋण लिुनभयो । “कुनै समय दलितलाई ऋण दिनै गाउँमा साहुजन मान्दैनथे,” उहाँले भन्नुभयो, “अहिले अवस्था परिवर्तन भएको छ, ऋण दिने ठाउँमा हामी छौँ ।”
समूहमा आबद्ध सबै सदस्य भँैसीपालन, सिलाइकटाइ र खुद्रा व्यापार गरिरहेको उहाँको भनाइ छ । “अहिले रु छ लाखको कारोबार भइरहेको छ,” उहाँले भन्नुभयो, “गरिबी निवारण कोष साँच्चै गरीबका लागि रहेछ ।” उहाँले खुद्रासँगै भैँसीपालनबाट पनि मनग्य आम्दानी भइरहेको बताउनुभयो । “दूध बेच्न कुनै समस्या छैन,” नेपालीले भन्नुभयो, “डेरी सञ्चालकहरु घरमै आएर दूध लैजान्छन् ।”
समूहबाट ऋण लिँदै विभिन्न आयमूलक काममा लाग्नुका साथै समूहकै नेतृत्व सुम्हालेकी नेपालीले गरेको मेहनतकै कारण परिवारमा सकारात्मक परिवर्तन आएको छ । “आम्दानीबाट छोराछोरी पढाएँ,” उहाँले भन्नुभयो, “अहिले तीन छोरा सेनाको जागिरे हुँदा सन्तोष मिलेको छ ।”
महाकाली नगरपालिका–९ ढकनाघाटमा २२ दलित महिला मिलेर चौतारी सामुदायिक संस्था सञ्चालन गरेका छन् । समूहका अध्यक्ष जसिता सुनारले समूहमा बचतसँगै ऋण लगानी गरेर बाख्रपालन, भैँसीपालन र खुद्रा व्यापारमा महिला लागेको बताउनुभयो ।
विसं २०६५ मा स्थापना भएको समूहले भँैसीपालनका लागि प्रतिसदस्य रु २० हजार तथा बाख्रापालनका लागि रु १० हजार ऋण लगानी गरिरहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
“मैले पनि समूहबाट ऋण लिएर भैँसीपालन गरेर आम्दानी गरिरहेको छु,” उहाँले भन्नुभयो, “भैँसीपालनले घरखर्च टरेको छ ।” समूहका दुईजनाले खुद्रा व्यापार, चारजनाले भैँसीपालन र अन्यले बाख्रपालन गरेको उहाँले बताउनुभयो । मासुका लागि बाख्रा खरिद गर्न महेन्द्रनगरबाट समेत आउने गरेको उहाँले बताउनुभयो ।
“आम्दानीबाट सदस्यहरुले ऋण तिर्नेदेखि समूहमा बचतसम्म गर्ने गरेका छन्,” सुनारले भन्नुभयो “पहिले घरकै कामकाजमा समय बित्थ्यो, अहिले समूहसँगै सहकारीसम्म पुग्दा समाजसेवा समेत गर्न भ्याएकी छु ।”
त्यस्तै यहाँको सिर्जना सहारा सामुदायिक संस्था पनि दलित महिला नै सञ्चालन गरेका छन् । चौधजना सदस्य रहेको उक्त समूहमा १३ जना महिला मात्रै छन् । समूहका पूर्व अध्यक्ष भविसरादेवी विक गरिबी निवारण कोषको अनुदानकै कारण दलित र विपन्न समूहका महिला समाजमा जागरुक भएर आइरहेको बताउनुहुन्छ ।
महाकाली नगरपालिकाको शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा समेत रहनुभएकी भविसरादेवीले दलित र पिछडिएका समुदायका महिलामा बचत गर्ने बानीको विकास भएको बताउनुभयो ।
“सहकारी महिला शेयर सदस्यको सहभागिताबाट पनि महिला आयमूलक काममा कति सक्रिय छन् भन्ने स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो, “आयमूलक काममा लागेका महिलाले घर सञ्चालनका लागि महत्वपूर्ण भूमिका निभाएका छन् ।”
महाकाली नगरपालिकामा गरिबी निवारण कोषले १७ वटा समूह गठन गरेको छ । “सबै समूहका सदस्यले अहिले मासिक रु ३०० देखि रु एक हजारसम्म बचत गरिरहेका छन्,” शुक्लाफाँटा सहकारीका सचिव महेश नेपालीले भन्नुभयो, “सबै समूह मिलेर नै यहाँ सहकारी सञ्चालनमा आएको हो ।” महिला सहभागिता बढी रहेको उक्त सहकारीले स्थापनाको सात वर्षको अवधिमा रु ७५ लाखको कारोबार गरेको छ । रासस
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...













