इयू को प्रतिवेदन प्रति प्रधानमन्त्री ओलीको चेतावनी : गरिब देश भनि हेपाहा काम गरेकाे अाराेप
काठमाडाै, १२ चैत । निर्वाचनकाे पर्यवेक्षणका लागि नेपाल अाएकाे युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन ले नेपालको सार्वभौमिकतामा हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचनबारे दिएको सुझावसहितको प्रतिवेदन सच्याउन इयूलाई चेतावनी दिएका छन्।
आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले युरोपियन युनियनले संविधानबारे दिएको सुझाव यथाशीघ्र फिर्ता गर्नुपर्ने चेतावनी दिए । इयूले प्रतिवेदन सच्याउनुको साटो नेपाललाई गरिब देश भनि हेप्ने काम गरेको पनि आलोचना गरे ।
नेपालमा अनुगमनका नाममा आएका धर्म प्रचारकलाई फिर्ता पठाइएकै कारण ईयूले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए।लसाथै प्रतिवेदन सच्याउन गरेको आग्रहलाई अस्वीकार गर्दै यथावत राख्ने वक्तव्य निकाल्नुले नेपाललाई अण्डरमाइण्ड गरेको महसुस आफुले गरेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताको लोकतन्त्र प्रतिको सजगता निकै राम्रो भएको भन्दै नेपालकै जस्तो समानुपातिक समावेशी तथा महिला प्रतिनिधित्व गराएर देखाउन पनि चुनौती दिए।
युरोपियन युनियनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको संविधानमा रहेकाे त्रुटि सच्याउनु पर्ने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभामा जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको पुनरवलोकन गर्नुपर्ने । खस आर्यको आरक्षण खारेज गर्नपर्ने , सकारात्मक कार्यका प्रावधान नकारात्मक विभेदबाट प्रभावित समूहमा मात्र लागू हुन्छन्’, ईयूले आफ्नो प्रतिवेदनमा सुझाव दिएकाे थियो। साथै ईयूले अाफुले सार्वजनिक गरेकाे प्रतिवेदनमा संविधानको धारा ८४ लाई संशोधन गर्न समेत सुझाव दिएको थियो।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











