तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ (गौहत्या एवं मासु प्रकरण)
नुवाकोट, १३ चैत । गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।
“नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाइन मिडियाले नियोजितरुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्,” उहाँले भन्नुभएको छ ।
गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानून चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुठो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पष्ट पार्नुभएको छ ।
“लडेर मरेको गाईलाई व्यक्तिगत रिसइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडित न्याय माग्दै भौँतारिइरहेका छन्,” उहाँले भन्नुभयो “घटनाको वास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पु¥याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्रीसमक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएको हो ।”
“देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी भएकोमा संविधानको मूल मर्मसँग बाझिएका कानून क्रमशः संशोधन हुँदै जानेछन् । यसमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु,” भन्नुहुँदै
उहाँले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साइबर कानूनको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ ।
नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नं ३ को उपसभामुखमा निर्वाचित हुनुभएका तामाङ पूर्व कृषि विकास राज्यमन्त्रीसमेत हुनुहुन्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












