प्रत्येक कार्यालयमा सिसी क्यामरा
भक्तपुर, १४ चैत । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ ।
कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्नुहुन्छ ।
प्रत्येक दिन बिहान १०.१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उहाँले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्नुहुन्छ । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उहाँ सिसी क्यामराबाट लिने गर्नुहुन्छ ।
नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिनुभयो ।
संयोजक खड्काले भन्नुभयो–“नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने गरी प्रविधि जडान गरिएको छ ।”
नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भीड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उहाँले मोबाइलमा समेत एप्स राखिएकाले उहाँ जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्नसक्ने व्यवस्था गरिएको बताउनुभयो ।
नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–विलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजश्व समेत सिधैँ नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताउनुभयो ।
नगर प्रमुख थापाले आफ्नै कार्यकक्षमा बसेर कर्मचारीको निगरानी गर्ने गरेको बताउनुभयो । “१०.१५ बजेसम्म कोको कर्मचारी आएँ, आएनन्, कति बजे कर्मचारी घर गएँ, को को बिदामा छन्, कति राजश्व संकलन भयो, सेवाग्राहीको काम भए भएन निगरानी गर्ने गर्छु ।” १०.१५ बजेभन्दा ढिलो आउँने कर्मचारीको हाजिरी स्वतः रद्द हुने बताउँदै उहाँले कर्मचारीले गलत गरे तत्कालै कारबाही गरिने उहाँले बताउनुभयो ।
वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका कर्मचारीले बिदा बस्नु परे नगरपालिकालाई अग्रिम जानकारी गराएर बिदा स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको मुख्य चोक चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।
आफ्नो क्षेत्रको विकास र अवस्थाको जानकारी लिन सजिलो गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिने भएको छ ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...













