प्रेस काउन्सिल ऐन संशोधन हुँदै
ललितपुर, १६ चैत । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ ।
‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताउनुभयो ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उहाँको जोड छ । सञ्चार माध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उहाँले औँलाउनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससकोे समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उहाँको जोड छ ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राख्नुभयो ।
काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












