बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान
बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ ।
“जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका अभिभावक बालविवाहले निम्त्याउने समस्या तथा चुनौतीका बारेमा जानकार हुँदैनन् तबसम्म जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्दैन”, पूर्व शिक्षक खोविलाल सुवेदी भन्नुहुन्छ ।
उमेर नपुग्दै विवाह गर्ने र दुई तीन सन्तानका आमा बन्नु उनीहरुको रहर नभएर बाध्यता भएको पीडित महिलाको भनाइ छ । रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै हुनुहुन्छ । यतिबेलासम्म उहाँ दुई सन्तानकी आमा बनिसक्नुभएको छ । ती दुई सन्तान उहाँका दुई श्रीमान्बाट जन्मिएका हुन् । उहाँले पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गरिसक्नुभएको छ भने हाल दोस्रो श्रीमान्बाट दोस्रो बच्चासमेत जन्मिसकेको छ ।
“लगातार तीन दिनको बिरामी परेर ममाथिकी दिदीको मृत्यु भएपछि मलाई आफ्नै भिनाजुले केहीवर्ष पहिले श्रीमतीका रुपमा उहाँको घरमा भित्र्याउनुभएको थियो तर भिनाजुको श्रीमती बन्नु मेरो रहर होइन बाध्यता थियो,” चाहनाले भन्नुभयो ।
भिनाजुले दिदी मरे लगत्तै आफूलाई साथ दिन हारगुहार गर्न थाले । तिमीलाई तिम्री दिदीलाई भन्दा सुखसँग राख्छु, जिन्दगीभरि दुःख दिन्न । यदि मलाई साथ दिएनौँ भने तिम्रै घरमा झुण्डिएर मर्छु भन्दै बिलौना गर्न थाले । त्यसबेला म कक्षा ८ मा पढ्दै थिएँ । मलाई आफूभन्दा करीब १५ वर्ष जेठो भिनाजुसँग बिहे गर्ने नभएपनि बिलौना सुनेर मेरा बुबाआमाले पनि भिनाजुलाई साथ दिनुपर्ने बताउन थालेपछि म बन्धनमा परेर भिनाजुको घरमा भित्रिएकी थिएँ ।
भिनाजुले मेरो सिउँदोमा सिन्दूर लगाउन नपाउँदै म दुई जिउकी भएँ उनको घरमा म भित्रिएको करीब साडे एक महिनामा उनी धन कमाउने बहानामा भारतको सिमलाका लागि घरबाट हिँडेका थिए । उताबाट पर्केर बिहे गर्ने बाचा गर्दै मलाई झुठा आश्वासन बाँडेर हिँडेका भिनाजुले रोल्पाको सुलिचौरबाट अर्की श्रीमती लिएर हिँडेछन् ।
करीब ८–१० दिनसम्म त मैले गरेको फोन उनले उठाउँथे । त्यसपछि न फोन सम्पर्क गरे न त मैले गरेको फोन नै उठाउँथे तर पनि सुखदुःख सहँदै म उनको घरमा करीब १४ महिना बसे त्यसैबेला छोरी जन्मिई । श्रीमान् बनिसकेका भिनाजु घर फर्कंदा अर्की श्रीमती लिएर आए र मेरो वास्ता गर्नुको साटो उल्टो मलाई धम्कीदिने थर्काउने गर्न थाले ।
त्यसपछि म असह्य पीडाको भारी बोकेर त्यो घरबाट निस्किएँ । त्यसपछिका दिनमा एक्लो जीवन जीउन नसक्ने भएकाले मैले पनि करीब दुईवर्ष पहिले दोस्रो बिहे गरेँ । “केटामान्छेको जात स्वार्थी हुन्छ भन्ने सुनेकी थिएँ हो रैछ । पहिलो सन्तानले बाभन्दा भक्कानो फुट्छ अहिले दोस्रो सन्तानकी आमा बनिसकेकी छु”, भावुक बन्दै उहाँ भन्नुहुन्छ ।
यस्तै रोल्पा नगरपालिकाकी मीना विष्ट हाल १९ वर्षकी हुनुहुन्छ । आफ्नै दाइसँग इँटाभट्टामा घुम्न पुगेकी मीनाले १४ वर्षको उमेरमा पहिलो श्रीमान्सँग प्रेम विवाह गर्नुभएको थियो । हाल उहाँ पनि दुई श्रीमान्का दुई सन्तानकी आमा बनिसक्नुभएको छ । बिहे गरेपछि बेवास्ता गर्ने, खान लगाउन नदिने र कुटपिट गर्ने गरेकै कारण मीनाले पहिलो श्रीमान् छोड्नुपरेको थियो । “पहिलो श्रीमान्ले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे ग¥यो तर वाचा पूरा गरेन । जसका कारण उसको घर छोडेर केही समय माइतीमै बसेँ । माइतीमा बसेकै बेला कामको खोजीमा काखको नानी च्यापेर इँटाभट्टा पुगेकी थिएँ त्यसैबेला दोस्रो बिहे गरेकी हुँ”, मीना भन्नुहुन्छ ।
चाहना र मीना त प्रतिनिधि पात्रमात्र हुन् रोल्पामा यस किसिमका विवसता बोकेर जीवन जिउन बाध्य भएका किशोरीको संख्या ठूलो छ । उहाँहरु दुवैजनाको पहिलो श्रीमान्बाट जन्मिएका सन्तानसमेत आमाकै संरक्षणमा बस्दै आएका छन् ।
यसरी अबोध अवस्थामा आफूलाई जन्मदिने बाबुको माया नपाउँदा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर त पर्छ नै त्योभन्दा बढी आमाले दोस्रो बिहे गर्दा उनीहरुलाई छुट्टै पीडामा जिउनुपर्दा कुलतमा लाग्ने, पढ्नुको साटो कलिलो उमेरमा कामको खोजीमा भौँतारिन बाध्य छन् । यस किसिमका बालबालिका अभिभावकको मायाका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











