समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी
ललितपुर, २१ चैत । कीटाणु फैलिएपछि मात्रै उपचारका लागि आउँदा कुष्ठरोग प्रभावित बिरामी अपाङ्ग बन्दै गइरहेका छन् । रोगप्रतिको सामाजिक दुष्टिकोण बदलिन नसक्दा बिरामीले रोगको लक्षण देखिनासाथ उपचारका लागि अस्पताल जाने नगरेको आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो ।
समयमै उपचार गर्दा रोग निको हुन्छ, उहाँ भन्नुहुन्छ, “शुरुमा उपचार गर्दा रोगको कीटाणु फैलन पाउँदैन तर ढिला उपचार गर्दा बिरामीको अङ्गभङ्ग हुन्छ ।”
यो रोगको उपचारमा ढिलाइ गर्दा हात र खुट्टामा लाटोपना(स्पर्श शक्ति नहुने) र औंला कमजोर एंव बाङ्गो हुनथाल्छ । उहाँ भन्नुहुन्छ, “कीटाणु प्रवेश गरेर पनि उपचार शुरु नगर्दा बिरामीले पोलेको वा किला बिजेको समेत थाहा नपाउने हुन्छ ।” ढिलो औषधि खाँदा निको नभए पनि थप अङ्गभङ्ग हुनबाट जोगिन्छ ।
यो रोगलाई धर्मसँग हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने पोखरेल बताउनुहुन्छ । पहिले कुष्ठरोगलाई कुष्ठी, कोढ, महारोग वा सुनबैरी भन्ने गरेको थियो । यसलाई पूर्व जन्मको पाप, देवता लागेर वा नाग लागेर भन्ने धेरैमा विश्वास रहेको थियो । अझै पनि धेरैले यसलाई वंशाणुगत रोगका रुपमा लिने गरेका छन् ।
उहाँ भन्नुहुन्छ, “अरु सरुवा रोग जस्तै कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने आम मानिसलाई बुझाउन खाँचो छ ।” शरीरमा धेरै कीटाणु भएका र उपचार शुरु नगरेका बिरामीबाट हावामार्फत रोग सर्छ । सरकारले सात वर्ष पहिले कुष्ठरोग निवारण घोषणा गरे पनि नयाँ बिरामीको संख्या वर्सेनि बढिरहेका छन् । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













