उत्तरगंगा धाम र ढाेरबराहकाे खै प्रचार
ढोरपाटन, बागलुङ, २८ चैत । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् ।
उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ ।
नेपालमा उत्तरगंगा(बागलुङ), कर्मनसा(ललितपुर)जस्ता नदी उत्तरवाहिनी नदी हुन् । नेपालका धार्मिक महत्वका धाममध्ये बागलुङको ढोरपाटनस्थित उत्तरगंगा धामलाई लिने गरिए पनि प्रचारप्रसारको अभावमा यो ओझेलमा परेको छ ।
उत्तरतर्फ भई बग्ने उत्तरगंगा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको स्थानीयवासी धर्म विश्वकर्माले जानकारी दिए । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा अपेक्षित विकास हुन नसकेको उनकाे भनाइ छ ।
उत्तरगंगाको उद्गमस्थल ढोरबराहमा प्रत्येक वर्ष जनैपूर्णमा र वैशाखे पूर्णिमाका दिन मेला लाग्ने र बागलुङसहित आसपासका पर्वत, म्याग्दीलगायत जिल्लाबाट ठूलो संख्यामा दर्शनार्थी आउँछन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्ने गरेको ढोरपाटन वडा नं ७ का अमर बुढा मगरले जानकारी दिए । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
मेलाका अवसरमा ढोरबराहमा पूजा गर्न जाने भक्तजनले रुद्रावती गंगाको उद्गमस्थल रुद्रताल स्नान एवं पूजा गरी ढोरपाटन देउरालीमा पाती चढाएर जाने भएकाले यहाँको पूजा रुद्रतालबाट शुरु हुने मानिन्छ । उत्तरगंगा नदीको उद्गमस्थल ढोरबराहको पूजा गरेर मनले चिताएको पुग्ने जनविश्वासका आधारमा विभिन्न भाकलसहित पूजा गर्न जानेको संख्या धेरै रहने गरेको छ ।
ढोरबराह मन्दिरमा कुनै पनि समयमा नसुक्ने बाइस धारा छन् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास कायमै छ । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगंगामा बगाउने प्रचलन पनि छ । आवश्यक भौतिक पूर्वाधारका साथै प्रचारप्रसारका अभावमा ढोरबराह र उत्तर गंगाधाम विकासका दृष्टिले अझै पछि परेको ढोरपाटन उद्योग वाणिज्य संघका सदस्य कृष्ण केसीले बताए ।
पछिल्लो समयमा ढोरपाटनसम्म जाने बाटो सहज बन्दै गएपछि भक्तजन आउने क्रममा क्रमशः वृद्धि भइरहेको छ । उत्तरगंगा धामको प्रवद्र्धन नहुँदा विकासले फड्को मार्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष नन्दे सुनारले बताउनुभयो । “उत्तरगंगा धामको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नु आवश्यक छ,” उनले भने, “यहाँको विकास सरकारको प्राथमिकतामा पर्नु आवश्यक छ ।
ढोरपाटन र आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हालै यस क्षेत्रको अध्ययन भ्रमण गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । “जनप्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसमेतको उपस्थितिमा आयोजित भ्रमणपछि यस क्षेत्रको प्रचारप्रसार र भौतिक पूर्वाधार विकास आवश्यक महसुस गरिएको छ,” उनले भने, “सरोकारवाला सबैको प्रयासमा यहाँको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ ।”
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












